-
१ राजा १४:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसैले म यरोबामको घरानामाथि विपत्ति ल्याउनेछु। म तिनको घरानाका सबै पुरुषलाई नाश गर्नेछु। म इस्राएलमा भएका निस्सहाय र कमजोरहरूलाई समेत छोड्नेछैनँ। कसैले गोबर सोहोरेर सिनित्तै पारेझैँ म यरोबामको घरानाको+ नामोनिसान मेटाइदिनेछु। ११ यरोबामको घरानाका जो-जो सहरमा मर्छन्, उनीहरूलाई कुकुरहरूले खानेछन् अनि जो-जो मैदानमा मर्छन्, उनीहरूलाई चाहिँ आकाशका चराहरूले खानेछन् किनकि यहोवाले नै यसो भन्नुभएको छ।”’
-
-
१ राजा १५:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ राजा हुनेबित्तिकै बासाले यरोबामको घरानाका सबैलाई मारे; उनले एक जनालाई पनि बाँकी राखेनन्। यहोवा परमेश्वरले आफ्ना सेवक, सिलोका अहियाहमार्फत भन्नुभएको वचनअनुसारै बासाले यरोबामको घरानालाई सखाप पारे।+
-