प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास ३:१-९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ दाउदका यी छोराहरू हेब्रोनमा जन्मिएका थिए:+ जेठा अम्नोन,+ जसलाई यिज्रेलकी अहिनोमले+ जन्माएकी थिइन्‌; माहिला दानिएल, जसलाई कर्मेली अबिगेलले+ जन्माएकी थिइन्‌; २ साहिँला अब्सालोम,+ जसलाई गेसुरका राजा तल्मैकी छोरी माकाहले जन्माएकी थिइन्‌; काहिँला अदोनियाह,+ जसलाई हग्गिथले जन्माएकी थिइन्‌। ३ ठाहिँला सेपत्याह, जसलाई अबितलले जन्माएकी थिइन्‌ अनि कान्छा इथ्राम, जसलाई दाउदकी पत्नी एग्लाहले जन्माएकी थिइन्‌। ४ दाउदका यी छ जना छोरा हेब्रोनमा जन्मिएका थिए। तिनले हेब्रोनबाट साढे सात वर्ष अनि यरुसलेमबाट ३३ वर्ष शासन गरे।+

      ५ दाउदका यी छोराहरूचाहिँ यरुसलेममा जन्मिएका थिए:+ सिमेअ, सोबाब, नातान+ र सुलेमान।+ यी चार जनालाई अम्मिएलकी छोरी बेतसेबाले+ जन्माएकी थिइन्‌। ६ दाउदका अरू नौ जना छोरा यी थिए: इभार, एलिसामा, एलिपेलेत, ७ नोगह, नेपेग, यापि, ८ एलिसामा, एलियादा र एलिपेलेत। ९ यिनीहरू सबै दाउदका छोराहरू थिए र यिनीहरूकी बहिनी तामार+ थिइन्‌। यसबाहेक दाउदका उपपत्नीहरूले पनि छोराहरू जन्माएका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने