-
१ राजा ८:३३, ३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ “यदि तपाईँको प्रजा इस्राएलीहरूले तपाईँको आज्ञा तोडेर पाप गरिरहेको कारण तिनीहरू आफ्ना शत्रुहरूसित लडाइँमा हारे+ तर पछि तिनीहरू तपाईँकहाँ फर्केर आए र तपाईँको नामको महिमा गरे+ अनि तिनीहरूले तपाईँको भवनमा आएर प्रार्थना गरे र दयाको भीख मागे भने+ ३४ स्वर्गबाट तिनीहरूको बिन्ती सुन्नुहोस् र आफ्नो प्रजा इस्राएलीहरूको पाप क्षमा गरिदिनुहोस् अनि तिनीहरूको पितापुर्खालाई दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्याउनुहोस्।+
-
-
२ इतिहास ६:२८-३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ “यदि देशमा अनिकाल पऱ्यो+ वा भयानक रोग फैलियो+ अथवा लु, ढुसी+ वा हुल बाँधेर आएका सलहहरूले* अथवा भोका सलहहरूले+ गर्दा बालीनाली सखाप भयो अथवा देशको कुनै सहरमा शत्रुहरूले घेरा हाले+ वा देशमा कुनै रोग वा अरू कुनै महामारी फैलियो+ २९ अनि यस्तो बेला कुनै मानिसले वा तपाईँको सम्पूर्ण इस्राएली प्रजाले यस भवनतर्फ आफ्नो हात फैलाएर तपाईँलाई प्रार्थना+ गऱ्यो वा तपाईँको कृपाको लागि बिन्ती गऱ्यो भने+ (किनकि हरेकलाई आफ्नो पीडा र आफ्नो समस्या थाह हुन्छ)+ ३० आफ्नो निवासस्थान स्वर्गबाट तिनीहरूको पुकारा सुन्नुहोस्+ अनि तिनीहरूलाई माफ गरिदिनुहोस्।+ हरेकलाई उसले गरेको कामको इनाम दिनुहोस् किनकि तपाईँ हरेक मानिसको हृदयको कुरा जान्नुहुन्छ। (मानिसको हृदयमा के छ भनी तपाईँ मात्र जान्नुहुन्छ।)+
-