७ “यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशको कुनै सहरमा यदि तिमीहरूका दाजुभाइमध्ये कोही गरिब भयो भने तिमीहरू ऊप्रति निष्ठुर नहुनू र उसलाई मदत गर्न कन्जुस्याइँ नगर्नू।+ ८ बरु खुला मनले उसलाई मदत गर्नू;+ उसलाई जे-जे कुराको खाँचो छ, ती सबै सापटी दिनू।