१ समुएल १७:४५ पवित्र बाइबल नयाँ संसार अनुवाद ४५ दाउदले त्यस पलिस्तियालीलाई यस्तो जवाफ दिए: “तँ मसित लड्न तरबार, भाला र बर्छी लिएर आएको छस्।+ तर म भने सेनाहरूका यहोवाको नाममा आएको छु! इस्राएलीहरूको फौजका ती परमेश्वरको नाममा,+ जसलाई तैँले चुनौती दिएको छस्।+ भजन १८:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यहोवा मेरो पहरा र मेरो किल्ला हुनुहुन्छ, मलाई छुटकारा दिने परमेश्वर।+ मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ,+ म उहाँमै शरण लिन्छु,मेरो ढाल र मेरो उद्धारको सिङ,* मेरो शरणस्थान।*+ हितोपदेश १८:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० यहोवाको नाम बलियो धरहरा हो;+ धर्मी मानिस त्यहाँ कुदेर जान्छ र शरण पाउँछ।+
४५ दाउदले त्यस पलिस्तियालीलाई यस्तो जवाफ दिए: “तँ मसित लड्न तरबार, भाला र बर्छी लिएर आएको छस्।+ तर म भने सेनाहरूका यहोवाको नाममा आएको छु! इस्राएलीहरूको फौजका ती परमेश्वरको नाममा,+ जसलाई तैँले चुनौती दिएको छस्।+
२ यहोवा मेरो पहरा र मेरो किल्ला हुनुहुन्छ, मलाई छुटकारा दिने परमेश्वर।+ मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ,+ म उहाँमै शरण लिन्छु,मेरो ढाल र मेरो उद्धारको सिङ,* मेरो शरणस्थान।*+