-
यहोसु ७:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ कनानीहरू र त्यहाँका अरू मानिसले हामी हाऱ्यौँ भनेर सुनेपछि चारैतिरबाट घेर्नेछन् अनि यस धर्तीबाट हाम्रो नामोनिसान मेटाइदिनेछन्। त्यस्तो भयो भने तपाईँको महान् नाममा कति ठूलो कलङ्क लाग्ला!”+
-
-
२ इतिहास १४:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ त्यसपछि आसाले आफ्ना परमेश्वर यहोवालाई पुकार्दै यसो भने:+ “हे यहोवा, तपाईँ जसलाई मदत गर्न चाहनुहुन्छ, तिनीहरूलाई अवश्य मदत गर्न सक्नुहुन्छ, चाहे तिनीहरू सङ्ख्यामा धेरै होऊन् वा चाहे तिनीहरूसित कुनै शक्ति नहोस्।+ हे हाम्रा परमेश्वर यहोवा, हामीलाई मदत गर्नुहोस् किनकि हामी तपाईँमै भर परेका छौँ।+ अनि तपाईँको नाममा हामी यो विशाल सेनासित लड्न आएका छौँ।+ हे यहोवा, तपाईँ हाम्रा परमेश्वर हुनुहुन्छ। मरणशील मानिसलाई तपाईँमाथि विजयी हुन नदिनुहोस्।”+
-