-
यहोसु ९:१८-२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ तर इस्राएलीहरूले तिनीहरूलाई आक्रमण गरेनन् किनभने इस्राएलका कुलनायकहरूले इस्राएलका परमेश्वर यहोवाको नाममा शपथ खाएका थिए।+ त्यसैले इस्राएलीहरूको सारा समुदायले आफ्ना कुलनायकहरूसित गनगन गर्न थाल्यो। १९ तब सबै कुलनायकले सारा समुदायलाई भने: “हामीले तिनीहरूसित इस्राएलका परमेश्वर यहोवाको नाममा शपथ खाएका छौँ। त्यसैले हामी तिनीहरूलाई हानि पुऱ्याउन सक्दैनौँ। २० हामी तिनीहरूलाई जीवितै राख्नेछौँ। तिनीहरूसित खाएको शपथ पूरा गरेनौँ भने परमेश्वर हामीसित क्रोधित हुनुहुनेछ।”+
-
-
न्यायकर्ता ११:३४, ३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ जब यिप्तह मिस्पामा+ आफ्नो घर फर्के, तब हेर! तिनकी छोरी खैँजडी बजाउँदै अनि नाच्दै तिनलाई भेट्न बाहिर निस्किन्। उनी यिप्तहकी एक्ली छोरी थिइन्; उनीबाहेक यिप्तहको अरू कुनै छोराछोरी थिएन। ३५ छोरीलाई देखेपछि यिप्तहले दुःखी हुँदै आफ्नो लुगा च्याते र यसो भने: “हाय! मेरी छोरी! तिमीले मेरो मनै भाँचिदियौ किनभने मैले पठाउनुपर्ने व्यक्ति तिमी नै पऱ्यौ। मैले यहोवा परमेश्वरलाई भाकल गरिसकेँ* अनि म आफ्नो भाकल तोड्न सक्दिनँ।”+
-