-
यसैया २:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ अनि जातिजातिका मानिसहरूले यसो भन्नेछन्:
“आओ, हामी यहोवाको डाँडामा जाऔँ।
याकुबका परमेश्वरको भवनमा जाऔँ।+
उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ
अनि हामी त्यस मार्गमा हिँड्नेछौँ।”+
४ उहाँले जातिजातिको इन्साफ गर्नुहुनेछ
र जातिजातिका मानिसहरूसित आफ्नो मामिला सुल्झाउनुहुनेछ।
तिनीहरूले आ-आफ्नो तरबार पिटेर हलोको फाली बनाउनेछन्
र भाला पिटेर हँसिया बनाउनेछन्।+
एउटा जातिले अर्को जातिको विरुद्धमा तरबार उठाउनेछैन
र तिनीहरूले फेरि युद्ध गर्न सिक्नेछैनन्।+
-
-
यसैया ११:६-९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
अनि चितुवा बाख्राको पाठोसित ढल्कनेछ।
सिंह, बाछो र मोटोघाटो जनावर सँगसँगै रहनेछन्।*+
अनि एउटा सानो बालकले तिनीहरूलाई डोऱ्याउनेछ।
७ गाई र भालु सँगसँगै चर्नेछन्
अनि तिनीहरूका बच्चाहरू सँगै ढल्केर बस्नेछन्।
सिंहले गोरुले झैँ पराल खानेछ।+
८ दूधे-बालक गोमन सर्पको दुलोनजिकै खेल्नेछ
र भर्खरै दूध छोडेको बालकले विषालु सर्पको दुलोमा हात हाल्नेछ।
-