-
प्रस्थान २०:८-१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ “विश्रामदिन* मनाउन नबिर्सनू र त्यसलाई पवित्र मान्नू।+ ९ तिमीहरूले छ दिनसम्म मेहनत गरेर आफ्नो सबै काम सिद्ध्याउनू।+ १० तर सातौँ दिन भने यहोवा परमेश्वरको लागि अलग्गै छुट्ट्याइएको विश्रामदिन हो। त्यो दिन तिमीहरूले, तिमीहरूका छोरा वा छोरीले, तिमीहरूका दास वा दासीले, तिमीहरूका घरपालुवा जनावरले वा तिमीहरूको बस्तीमा बस्ने कोही पनि विदेशीले कुनै काम नगर्नू।+
-
-
लेवी २३:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ “इस्राएलीहरूलाई यसो भन्नू, ‘सातौँ महिनाको पहिलो दिन तिमीहरूको निम्ति पूरै आराम गर्ने दिन, पवित्र सभाको दिन हो। यो दिन तिमीहरूले सम्झिरहन सक भनेर बिगुल फुकेर+ पवित्र सभा बोलाइनेछ।
-
-
लेवी २५:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तर सातौँ वर्ष भने जमिन बाँझै छोड्नू किनभने यो यहोवा परमेश्वरले तोक्नुभएको विश्रामवर्ष हो, जमिनले पूरै आराम गर्ने वर्ष। तिमीहरूले बिउ नछर्नू वा अङ्गुर बगान नछिमल्नू।
-
-
लेवी २५:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तिमीहरूले ५० औँ वर्षमा स्वर्ण वर्ष मनाउनू। यो वर्ष तिमीहरूले बिउ नछर्नू वा जमिनमा बाँकी भएको दानाबाट उब्जिएको अन्नको कटनी नगर्नू वा नछिमलेका अङ्गुर बगानबाट अङ्गुर नबटुल्नू।+
-