प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४९:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० जबसम्म सीलो* आइपुग्दैन,+ तबसम्म यहुदाको हातबाट राजदण्ड र तिनको गोडाको बीचबाट शासकको लौरो हट्‌नेछैन+ अनि मानिसहरूले सीलोको आज्ञा पालन गर्नेछन्‌।+

  • भजन ८९:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ “मैले रोजेको जनसित मैले करार गरेको छु;+

      मेरो सेवक दाउदसित मैले यस्तो शपथ खाएको छु:+

       ४ ‘तिम्रो सन्तानलाई म सदाको लागि स्थापित गर्नेछु,+

      तिम्रो सिंहासनलाई म पुस्तौँपुस्तासम्म स्थिर पार्नेछु।’”+ (सेला)

  • भजन ११०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११० यहोवाले मेरा प्रभुलाई भन्‍नुभयो:

      “तिमी मेरो दाहिने हाततिर बस,+

      जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ।”+

  • यसैया ९:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ किनकि हाम्रो निम्ति एउटा बालकको जन्म भएको छ।+

      हाम्रो लागि एउटा छोरा दिइएको छ।

      शासन गर्ने जिम्मा तिनकै काँधमा हुनेछ।+

      तिनलाई बुद्धिमान्‌ सल्लाहकार,+ शक्‍तिशाली ईश्‍वर,+ युगयुगका पिता र शान्तिका राजकुमार भन्‍ने नाम दिइनेछ।

  • यसैया ११:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यस दिन यिसैको जरा+ झन्डाझैँ खडा हुनेछ

      र त्यसले जातिजातिका मानिसहरूलाई सङ्‌केत दिनेछ।+

      जातिजातिका मानिसहरूले तिनको डोऱ्‍याइ खोज्नेछन्‌+

      अनि तिनको वासस्थान महिमाले भरिनेछ।

  • लुका १:३२, ३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ उहाँ महान्‌ हुनुहुनेछ+ र सर्वोच्च परमेश्‍वरका छोरा कहलाइनुहुनेछ+ अनि यहोवा परमेश्‍वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ।+ ३३ उहाँले राजाको रूपमा याकुबको घरानामाथि सधैँभरि शासन गर्नुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।”+

  • प्रकाश ५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तर एल्डरहरूमध्ये एक जनाले मलाई भने: “नरोऊ। हेर! यहुदाको कुलको सिंह,+ दाउदको जराले+ विजय हासिल गर्नुभएको छ।+ त्यसैले उहाँ त्यो मुठा र त्यसका सात वटा लाहाछाप खोल्न योग्य हुनुहुन्छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने