-
२ समुएल ५:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ एकचोटि राजा दाउद र तिनका मानिसहरू यरुसलेममा बसोबास गरिरहेका यबुसीहरूलाई आक्रमण गर्न निस्के।+ ती यबुसीहरूले दाउदको खिल्ली उडाउँदै यसो भने: “तिमी यहाँ कहिल्यै छिर्न सक्नेछैनौ! यहाँका अन्धा र लङ्गडाहरूले नै तिमीलाई यहाँबाट लखेट्नेछन्।” तिनीहरूले दाउद तिनीहरूको इलाकामा कहिल्यै छिर्न सक्नेछैनन् भन्ठानेका थिए।+ ७ तर दाउदले सियोनको गढी कब्जा गरे, जुन अहिले दाउदनगर भनेर चिनिन्छ।+
-