प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १:४०-४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४० त्यहाँ एक जना कुष्ठरोगी पनि आयो र उसले घुँडा टेकेर बिन्ती गर्दै यसो भन्यो: “तपाईँले मलाई शुद्ध पार्न सक्नुहुन्छ। तपाईँले इच्छा गर्नुभए पुग्छ।”+ ४१ यो सुनेर उहाँ टिठाउनुभयो अनि आफ्नो हात पसारेर उसलाई छुनुभयो र भन्‍नुभयो: “म इच्छा गर्छु। तिमी शुद्ध भइजाऊ।”+ ४२ अनि तुरुन्तै उसको कुष्ठरोग हरायो र ऊ शुद्ध भयो। ४३ त्यसपछि उहाँले उसलाई कडा आदेश दिनुभयो र त्यहाँबाट तुरुन्तै पठाउनुभयो ४४ अनि यसो भन्‍नुभयो: “यसबारे कसैलाई केही नभन तर गएर पुजारीलाई देखाऊ अनि आफू शुद्ध भएँ भनी तिनीहरूलाई साक्षी दिन+ मोसाको निर्देशनबमोजिम भेटी चढाऊ।”+

  • लुका ५:१२-१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ अर्को एकचोटिको कुरा हो, उहाँ कुनै एउटा सहरमा हुनुहुन्थ्यो। हेर! पूरै शरीरभरि कुष्ठरोग लागेको एक जना मानिस त्यहाँ थियो। जब उसले येसुलाई देख्यो, तब उसले लम्पसार परेर उहाँलाई दण्डवत्‌ गऱ्‍यो र यसो भन्दै बिन्ती गऱ्‍यो: “प्रभु, तपाईँले मलाई शुद्ध पार्न सक्नुहुन्छ। तपाईँले इच्छा गर्नुभए पुग्छ।”+ १३ अनि उहाँले आफ्नो हात पसारेर उसलाई छुनुभयो र भन्‍नुभयो: “म इच्छा गर्छु। तिमी शुद्ध भइजाऊ।” अनि तुरुन्तै उसको कुष्ठरोग हरायो।+ १४ तब येसुले त्यस मानिसलाई यो कुरा कसैलाई नभन्‍नू भनी आदेश दिनुभयो। उहाँले उसलाई यसो पनि भन्‍नुभयो: “जाऊ, गएर पुजारीलाई देखाऊ अनि आफू शुद्ध भएँ भनी तिनीहरूलाई साक्षी दिन मोसाको निर्देशनबमोजिम भेटी चढाऊ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने