प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस २:१५-१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ केही समयपछिको कुरा हो, उहाँ तिनको घरमा खान बसिरहनुभएको थियो र कर उठाउने थुप्रै मानिस अनि थुप्रै पापी पनि त्यहाँ येसु र उहाँका चेलाहरूसित खान बसिरहेका थिए। तिनीहरू धेरै थिए र तिनीहरूमध्ये धेरै जना उहाँको चेला बनेका थिए।+ १६ उहाँले पापीहरूसित अनि कर उठाउने मानिसहरूसित खाइरहनुभएको देखेर केही शास्त्रीहरू, जो फरिसी* थिए, तिनीहरूले उहाँका चेलाहरूलाई यसो भन्‍न थाले: “के उहाँ कर उठाउने र पापी मानिसहरूसित बसेर खानुहुन्छ?” १७ यो सुनेर येसुले तिनीहरूलाई भन्‍नुभयो: “बलियाहरूलाई वैद्य* चाहिँदैन तर बिरामीहरूलाई चाहिन्छ। म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन आएँ।”+

  • लुका ५:२९-३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ उहाँको लागि लेविले आफ्नो घरमा ठूलो भोज दिए। त्यहाँ कर उठाउने अनि अरू मानिसहरूको ठूलो जमात उहाँसित खान बसिरहेको थियो।+ ३० यो देखेर फरिसी र तिनीहरूका शास्त्रीहरू यसो भन्दै उहाँका चेलाहरूसित गनगन गर्न थाले: “तिमीहरू किन कर उठाउने र पापी मानिसहरूसित बसेर खान्छौ?”+ ३१ येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “निरोगीहरूलाई होइन तर रोगीहरूलाई वैद्यको* खाँचो पर्छ।+ ३२ म धर्मीहरूलाई बोलाउन आएको होइनँ तर पापीहरूले पश्‍चात्ताप गरून्‌ भनी उनीहरूलाई बोलाउन आएको हुँ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२७)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने