-
मर्कुस १०:२-१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तब फरिसीहरू उहाँकहाँ आए अनि उहाँको परीक्षा लिन “के एक जना पुरुषले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्नु ठीक हो” भनी सोधे।+ ३ उहाँले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “मोसाले तिमीहरूलाई के आज्ञा दिएका थिए?” ४ तिनीहरूले भने: “मोसाले छोडपत्र लेखेर पत्नीसित सम्बन्धविच्छेद गर्ने अनुमति दिएका थिए।”+ ५ तर येसुले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूको हृदय कठोर भएकोले+ मोसाले तिमीहरूका लागि यो आज्ञा लेखेका थिए।+ ६ तर सृष्टिको सुरुदेखि नै ‘उहाँले पुरुष र स्त्री बनाउनुभयो।+ ७ यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्छ+ ८ र ती दुई एउटै शरीर हुन्छन्।’+ त्यसैले अब तिनीहरू दुई होइनन् तर एउटै शरीर हुन्। ९ त्यसकारण जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ,* त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्।”+ १० उहाँहरू फेरि घरमा भएको बेला चेलाहरूले उहाँलाई यस विषयमा सोध्न थाले। ११ उहाँले तिनीहरूलाई भन्नुभयो: “जसले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ र अर्कीसित विवाह गर्छ, उसले व्यभिचार* गरेर+ आफ्नी पत्नीको हक खोसेको ठहरिन्छ। १२ अनि यदि कुनै स्त्रीले आफ्नो पतिसित सम्बन्धविच्छेद गरेर अर्कोसित विवाह गर्छे भने उसले व्यभिचार गरेको ठहरिन्छ।”+
-