-
मत्ति १९:३-८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तब फरिसीहरू उहाँकहाँ आए र उहाँको परीक्षा लिने मनसायले यस्तो प्रश्न गरे: “के एक जना पुरुषले जुनसुकै कारण देखाएर आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्नु ठीक हो?”+ ४ उहाँले जवाफ दिनुभयो: “के तिमीहरूले पढेका छैनौ, जसले मानिस सृष्टि गर्नुभयो, उहाँले सुरुदेखि नै पुरुष र स्त्री बनाउनुभयो+ ५ र भन्नुभयो: ‘यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्छ अनि आफ्नी पत्नीसित बस्छ* र ती दुई एउटै शरीर हुन्छन्’?+ ६ त्यसैले अब तिनीहरू दुई होइनन् तर एउटै शरीर हुन्। त्यसकारण जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ,* त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्।”+ ७ तिनीहरूले उहाँलाई भने: “त्यसोभए एक जना पुरुषले छोडपत्र दिएर आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्न सक्छ भनेर मोसाले किन भने त?”+ ८ उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूको हृदय कठोर भएकोले मोसाले तिमीहरूलाई पत्नीसित सम्बन्धविच्छेद गर्ने छुट दिएका हुन्+ तर सुरुदेखि त यस्तो थिएन।+
-