-
२ राजा ४:४२-४४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४२ बाआल-सालिसाबाट+ एक जना मानिस आए। उनले साँचो परमेश्वरका सेवकलाई जौको २० वटा रोटी ल्याएर दिए।+ त्यो रोटी बालीको पहिलो उब्जनीबाट बनाइएको थियो। उनले एक झोला नयाँ अन्न पनि ल्याएका थिए।+ तब एलिसाले आफ्नो चाकरलाई भने: “यो सब खानेकुरा मानिसहरूलाई देऊ।” ४३ तर तिनको चाकरले भने: “यति जाबो खानेकुराले सय जनालाई कसरी पुऱ्याउने?”+ तब एलिसाले भने: “खानेकुरा लगेर मानिसहरूलाई देऊ किनकि यहोवा परमेश्वर यसो भन्नुहुन्छ, ‘तिनीहरूले खानेछन् र केही उब्रिनेछ।’”+ ४४ तब तिनको सेवकले त्यो खानेकुरा मानिसहरूलाई टक्य्रायो र तिनीहरूले खाए। अनि यहोवा परमेश्वरले भन्नुभएझैँ केही खानेकुरा उब्रियो।+
-
-
मत्ति १५:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ तर चेलाहरूले उहाँलाई भने: “यत्ति धेरै मानिसलाई खुवाउन यस्तो अनकन्टार ठाउँमा हामीले कहाँबाट रोटी खोजेर ल्याउने?”+
-