-
रोमी ९:१०-१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० यो प्रतिज्ञा त्यही एक चोटि मात्र गरिएको थिएन बरु हाम्रा पुर्खा इसहाकबाट रिबेकाले जुम्ल्याहालाई गर्भधारण गर्दा+ पनि गरिएको थियो। ११ तिनीहरू नजन्मँदै अनि तिनीहरूले कुनै असल वा खराब काम नगर्दै यसो गरिएको थियो ताकि छनौट गर्ने काम परमेश्वरको उद्देश्यअनुसारै होस्, कसैको कामहरूअनुसार होइन। परमेश्वर जसलाई चाहनुहुन्छ, उसैलाई रोज्नुहुन्छ। १२ रिबेकालाई यस्तो भनिएको थियो: “जेठोचाहिँ कान्छोको दास हुनेछ।”+
-