प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ९:२०-२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० अनि हेर! १२ वर्षदेखि रगत बग्ने बेथाले पीडित एउटी स्त्री+ आएर पछाडिबाट उहाँको लुगाको किनारको फुर्का छोई।+ २१ किनकि उसले मनमनै यस्तो सोचेकी थिई: “यदि मैले उहाँको लुगा छुन मात्र पाएँ भने पनि म निको हुनेछु।” २२ येसु फनक्क फर्किनुभयो र उसलाई देखेपछि यसो भन्‍नुभयो: “नडराऊ नानी! तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।”+ अनि उत्तिखेरै त्यो स्त्री निको भई।+

  • मर्कुस ५:२५-२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ रगत बग्ने बेथाले सताएको १२ वर्ष भइसकेको एउटी स्त्री+ पनि त्यही भीडमा थिई।+ २६ उसले थुप्रै वैद्यबाट* उपचार गराएर धेरै दुःख भोगिसकेकी थिई। अनि आफ्नो सारा सम्पत्ति खर्च गर्दा पनि उसको अवस्था सुध्रिनुको सट्टा झनै नाजुक हुँदै गइरहेको थियो। २७ जब उसले येसुको विषयमा सुनी, तब भीडमा उहाँको पछिल्तिर गएर उहाँको लुगा छोई।+ २८ किनकि उसले मनमनै यस्तो सोचेकी थिई: “यदि मैले उहाँको लुगा छुन मात्र पाएँ भने पनि म निको हुनेछु।”+ २९ अनि उसको रगत बग्न बन्द भइहाल्यो र आफू त्यस पीडादायी रोगबाट मुक्‍त भएको उसले महसुस गरी।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने