-
मर्कुस ५:२५-३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ रगत बग्ने बेथाले सताएको १२ वर्ष भइसकेको एउटी स्त्री+ पनि त्यही भीडमा थिई।+ २६ उसले थुप्रै वैद्यबाट* उपचार गराएर धेरै दुःख भोगिसकेकी थिई। अनि आफ्नो सारा सम्पत्ति खर्च गर्दा पनि उसको अवस्था सुध्रिनुको सट्टा झनै नाजुक हुँदै गइरहेको थियो। २७ जब उसले येसुको विषयमा सुनी, तब भीडमा उहाँको पछिल्तिर गएर उहाँको लुगा छोई।+ २८ किनकि उसले मनमनै यस्तो सोचेकी थिई: “यदि मैले उहाँको लुगा छुन मात्र पाएँ भने पनि म निको हुनेछु।”+ २९ अनि उसको रगत बग्न बन्द भइहाल्यो र आफू त्यस पीडादायी रोगबाट मुक्त भएको उसले महसुस गरी।
३० उत्तिखेरै येसुले पनि आफूभित्रबाट शक्ति निस्केर बाहिर गएको+ चाल पाउनुभयो र भीडतिर फनक्क फर्केर सोध्नुभयो: “मेरो लुगा कसले छोयो?”+ ३१ तर चेलाहरूले उहाँलाई भने: “यत्रो भीडले तपाईँलाई ठेलिरहेको देख्नुभएकै छ तैपनि तपाईँ ‘मलाई कसले छोयो’ भनी सोध्नुहुन्छ?” ३२ उहाँ भने आफूलाई छुने को हो भनेर खोजिरहनुभएको थियो। ३३ तब आफू निको भएको चाल पाएपछि त्यो स्त्री डरले थरथर काम्दै उहाँसामु आई र घुँडा टेकेर एक-एक गरी सबै सत्य कुरा बताई। ३४ उहाँले उसलाई भन्नुभयो: “नानी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। ढुक्क भएर जाऊ,+ तिमीलाई दुःख दिइरहेको यो रोग निको भयो।”+
-
-
लुका ८:४३-४८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४३ त्यहाँ रगत बग्ने बेथाले सताएको+ १२ वर्ष भइसकेको अनि कसैको उपचारबाट निको हुन नसकेकी एक जना स्त्री थिई।+ ४४ उसले पछाडिबाट आएर उहाँको लुगाको किनारको फुर्का+ छोई र तुरुन्तै उसको रगत बग्न बन्द भयो। ४५ त्यसैले येसुले सोध्नुभयो: “मलाई छुने को हो?” जब कसैले स्विकारेन, तब पत्रुसले भने: “गुरुज्यू, भीडले तपाईँलाई घेरेर ठेलिरहेको छ।”+ ४६ तर येसुले भन्नुभयो: “कसैले मलाई छोयो किनकि मबाट शक्ति+ बाहिर निस्केको मैले महसुस गरेँ।” ४७ उहाँको नजरबाट आफू लुक्न नसकेको देखेपछि त्यो स्त्री थरथर काम्दै आई र घुँडा टेक्दै आफूले उहाँलाई छुनुको कारण र त्यसो गर्दा ऊ कसरी तुरुन्तै निको भई, त्यसबारे सबै मानिससामु बताई। ४८ तर उहाँले उसलाई भन्नुभयो: “नानी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। ढुक्क भएर जाऊ।”+
-