प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ९:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० केही समयपछि उहाँ मत्तिको घरमा खान बस्नुहुँदा हेर! कर उठाउने थुप्रै मानिस र थुप्रै पापी आए अनि येसु र उहाँका चेलाहरूसँगै बसेर खान थाले।+ ११ यो देखेर फरिसीहरूले उहाँका चेलाहरूलाई यसो भन्‍न थाले: “तिमीहरूका गुरु किन कर उठाउने र पापी मानिसहरूसित बसेर खान्छन्‌?”+

  • मर्कुस २:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ केही समयपछिको कुरा हो, उहाँ तिनको घरमा खान बसिरहनुभएको थियो र कर उठाउने थुप्रै मानिस अनि थुप्रै पापी पनि त्यहाँ येसु र उहाँका चेलाहरूसित खान बसिरहेका थिए। तिनीहरू धेरै थिए र तिनीहरूमध्ये धेरै जना उहाँको चेला बनेका थिए।+ १६ उहाँले पापीहरूसित अनि कर उठाउने मानिसहरूसित खाइरहनुभएको देखेर केही शास्त्रीहरू, जो फरिसी* थिए, तिनीहरूले उहाँका चेलाहरूलाई यसो भन्‍न थाले: “के उहाँ कर उठाउने र पापी मानिसहरूसित बसेर खानुहुन्छ?”

  • लुका ५:२९, ३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ उहाँको लागि लेविले आफ्नो घरमा ठूलो भोज दिए। त्यहाँ कर उठाउने अनि अरू मानिसहरूको ठूलो जमात उहाँसित खान बसिरहेको थियो।+ ३० यो देखेर फरिसी र तिनीहरूका शास्त्रीहरू यसो भन्दै उहाँका चेलाहरूसित गनगन गर्न थाले: “तिमीहरू किन कर उठाउने र पापी मानिसहरूसित बसेर खान्छौ?”+

  • १ तिमोथि १:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यो वचन विश्‍वासयोग्य र पूर्णतया स्वीकारयोग्य छ: ख्रिष्ट येसु यस संसारमा पापीहरूलाई उद्धार गर्न आउनुभयो।+ यिनीहरूमध्ये मचाहिँ मुख्य हुँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने