३९ तब पावलले यस्तो जवाफ दिए: “वास्तवमा म यहुदी हुँ+ र सिलिसियाको टार्ससको नागरिक हुँ,+ जुन कुनै चानचुने सहर होइन। त्यसैले म बिन्ती गर्छु, मानिसहरूसामु मलाई बोल्न दिनुहोस्।”
३ “म सिलिसियाको टार्ससमा+ जन्मेको यहुदी हुँ।+ तर यहीँ यरुसलेममा मैले गमलिएलको+ चरणमा शिक्षा पाएँ। हाम्रा पुर्खाहरूको व्यवस्था एक-एक पालन गर्न+ मलाई सिकाइएको थियो अनि अहिले तपाईँहरू परमेश्वरको लागि जति जोसिलो हुनुहुन्छ, म पनि त्यत्तिकै जोसिलो थिएँ।+