-
लेवी ११:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ “‘तर उग्राउने वा खुर चिरिएका यी जनावरहरू नखानू: उँट, जो उग्राउँछ तर त्यसको खुर चिरिएको हुँदैन। त्यो तिमीहरूको निम्ति अशुद्ध छ।+
-
-
लेवी ११:१३-२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ “‘तिमीहरूले घृणित ठान्नुपर्ने उड्ने जीवहरू यी हुन्; यिनीहरू घृणित भएकोले तिमीहरूले नखानू: चील,+ मलाहा चील, कालो गिद्ध,+ १४ रातो चील र सबै किसिमका कालो चील, १५ सबै किसिमका काग, १६ सुतुरमुर्ग,* लाटोकोसेरो, गङ्गाचील, सबै किसिमका बाज, १७ सानो खालको लाटोकोसेरो, जलेवा, लामो कान हुने लाटोकोसेरो, १८ राजहंस, घाउँके हावासील,* गिद्ध, १९ गरुड, सबै किसिमका बकुल्ला, फाप्रे चरा र चमेरो। २० पखेटा भएका चारखुट्टे किराफट्याङ्ग्रा, जो झुन्डमा रहन्छन्, ती तिमीहरूका निम्ति घृणित कुरा हुन्।
-
-
व्यवस्था १४:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ “तिमीहरूले कुनै पनि अशुद्ध कुरा नखानू।+
-
-
व्यवस्था १४:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ पखेटा भएका र झुन्डमा रहने किराफट्याङ्ग्रा तिमीहरूका निम्ति अशुद्ध हुन्। तिमीहरूले ती नखानू।
-