३४ “तिनीहरूमध्ये कसैले पनि आफ्नो छिमेकीलाई र आफ्नो दाजुभाइलाई यसो भनेर सिकाउनेछैन: ‘यहोवालाई चिन!’+ किनकि तिनीहरू सबैले अर्थात् सानादेखि ठूला सबैले मलाई चिन्नेछन्,”+ यहोवा घोषणा गर्नुहुन्छ। “म तिनीहरूलाई क्षमा दिनेछु र फेरि कहिल्यै तिनीहरूको पाप सम्झनेछैनँ।”+
२४ “तिम्रा मानिसहरू र तिम्रो पवित्र सहरको निम्ति+ अपराधको अन्त गर्न, पाप नामेट पार्न,+ गल्तीको प्रायश्चित गर्न,+ सदाको लागि न्याय स्थापना गर्न,+ दर्शन र भविष्यवाणीमा छाप लगाउन+ अनि महापवित्र स्थानलाई अभिषेक गर्नको लागि ७० हप्ता* तोकिएको छ।