प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन २२:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ मेरो बल माटोको खपटाझैँ सुकिसकेको छ;+

      मेरो जिब्रो तालुमा टाँसिएको छ;+

      तपाईँले मेरो ज्यान लिएर मलाई माटोमा मिलाइदिनुभएको छ।+

  • यसैया ५३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ ऊमाथि अत्याचार भयो र अन्याय गरेर उसको जीवन खोसियो।*

      तर ऊ को हो, कहाँबाट आयो, कसैले विचार गरेन।

      जीवितहरूको देशबाट उसलाई हटाइयो।+

      मेरा मानिसहरूले अपराध गरे तर त्यसको चोट उसले पायो।*+

  • यसैया ५३:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ अरू थुप्रै मानिससँगसँगै म उसलाई पनि असल थोक दिनेछु।

      उसले लुटको माल बलियाहरूलाई भाग लगाउनेछ।

      उसले आफ्नो जीवनै अर्पण गऱ्‍यो,+

      अपराधीहरूसँगै उसको गन्ती भयो।+

      उसले थुप्रै मानिसको पाप आफ्नो शिरमा लियो+

      र अपराधीहरूको पक्ष लिएर बिन्ती गऱ्‍यो।+

  • दानिएल ९:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ “अनि ६२ हप्तापछि मसीहलाई मारिनेछ+ र तिनीसित केही पनि बाँकी रहनेछैन।+

      “अनि आउँदै गरेका सेनापतिको सेनाले त्यस सहरलाई र पवित्र ठाउँलाई नाश गर्नेछ।+ बाढीले त्यसलाई नाश गर्नेछ। अनि त्यहाँ अन्तसम्मै युद्ध हुनेछ। परमेश्‍वरले त्यसलाई नाश गर्ने निश्‍चय गरिसक्नुभएको छ।+

  • १ पत्रुस २:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ हामी पापहरूबाट मुक्‍त हुन सकौँ अनि हामीले धर्मी जीवन बिताउन सकौँ भनेर उहाँ हाम्रा पापहरू बोकेर+ खम्बामा* टाँगिनुभयो।+ अनि “उहाँका चोटहरूद्वारा तिमीहरू निको भयौ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने