-
लुका १८:१०-१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० “दुई जना मानिस प्रार्थना गर्न मन्दिर गए, एक जना फरिसी* र अर्कोचाहिँ कर उठाउने मानिस। ११ फरिसीले उभिएर मनमनै यसरी प्रार्थना गर्न थाल्यो: ‘हे परमेश्वर, म तपाईँलाई धन्यवाद दिन्छु किनभने म अरू मानिसजस्तो लुटाहा, बेइमान अनि व्यभिचारी* होइनँ र म यो कर उठाउने मानिसजस्तो पनि छैनँ। १२ म हप्ताको दुई चोटि उपवास बस्छु अनि आफ्नो सबै आम्दानीको दशांश दिन्छु।’+ १३ तर कर उठाउने मानिस भने टाढै उभियो र उसले आफ्नो नजर स्वर्गतिर उचाल्ने आँटसमेत गरेन। अनि छाती पिटीपिटी उसले यसो भन्यो: ‘हे परमेश्वर, म पापीमाथि कृपा गर्नुहोस्।’+ १४ म तिमीहरूलाई भन्छु, त्यो फरिसीभन्दा यो मानिस अझ धर्मी ठहरिएर आफ्नो घर गयो।+ किनकि जसले आफूलाई उच्च पार्छ, उसलाई खसालिनेछ अनि जसले आफूलाई होच्याउँछ, उसलाई उच्च पारिनेछ।”+
-