प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ७९:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ तपाईँलाई नचिन्‍ने राष्ट्रहरूमाथि

      अनि तपाईँको नाम नपुकार्ने राज्यहरूमाथि आफ्नो क्रोध खन्याउनुहोस्‌।+

  • १ कोरिन्थी ६:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ अवैध यौनसम्बन्धदेखि* भाग!+ मानिसले गर्ने अरू सबै पाप उसको शरीरबाहिरको हुन्छ तर जसले अवैध यौनसम्बन्ध राख्ने गर्छ, उसले आफ्नै शरीरविरुद्ध पाप गरिरहेको हुन्छ।+

  • एफिसी ४:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यसकारण प्रभुको नाममा म तिमीहरूलाई यो भन्छु र साक्षी दिन्छु कि अबदेखि तिमीहरू अन्यजातिका मानिसहरूजस्तो+ आफ्नो बेकारको* सोचाइअनुसार+ चल्ने नगर।

  • एफिसी ४:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तिनीहरूले सबै नैतिक चेतना गुमाइसकेका हुनाले आफैलाई निर्लज्ज आचरणमा*+ सुम्पे र हरकिसिमका अशुद्ध कामहरू गरिरहनुका साथै त्यसको लालसा गरे।

  • एफिसी ५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ किनकि तिमीहरूलाई थाह छ अनि तिमीहरूले राम्ररी बुझेका पनि छौ कि अवैध यौनसम्बन्ध*+ राख्ने वा अशुद्ध काम गर्ने वा लोभी,+ जसको अर्थ मूर्तिपूजक हुनु हो, यिनीहरूमध्ये कोही पनि ख्रिष्ट अनि परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।+

  • १ पत्रुस ४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ किनकि निर्लज्ज आचरण,* अनियन्त्रित कामवासना, अचाक्ली मद्यपान, भोजको अनियन्त्रित मोजमस्ती, मद्यपानको होडबाजी र घृणित मूर्तिपूजामा लागेर तिमीहरूले संसारका मानिसहरूको इच्छा पूरा गर्न+ जे-जति समय बितायौ, त्यो नै यथेष्ट छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२७)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने