२४ “तिम्रा मानिसहरू र तिम्रो पवित्र सहरको निम्ति+ अपराधको अन्त गर्न, पाप नामेट पार्न,+ गल्तीको प्रायश्चित गर्न,+ सदाको लागि न्याय स्थापना गर्न,+ दर्शन र भविष्यवाणीमा छाप लगाउन+ अनि महापवित्र स्थानलाई अभिषेक गर्नको लागि ७० हप्ता* तोकिएको छ।
५ किनकि परमेश्वर एक जना हुनुहुन्छ+ अनि परमेश्वर र मानिसहरूबीचको+ मध्यस्थकर्ता पनि एकै जना हुनुहुन्छ,+ जो मानिस अर्थात् ख्रिष्ट येसु हुनुहुन्छ।+६ उहाँले सबैका लागि* फिरौतीस्वरूप आफूलाई अर्पण गर्नुभयो।+ तोकिएको समयमा यसबारे अवश्य साक्षी दिइनेछ।