७ तैँले भनिस्: “म सधैँको लागि रानी हुनेछु।”+
आफूले के गरिरहेकी छु भनेर तैँले कहिल्यै सोचिनस्।
अनि आफ्नो कामको नतिजा के हुन्छ भनेर तैँले विचारै गरिनस्।
८ ए विलासी स्त्री! मेरो कुरा सुन्,+
तँ सुरक्षित ठाउँमा छेस् र यस्तो सोच्छेस्:
“मजस्तो अरू कोही छैन, मबाहेक अरू कोही छैन।+
म कहिल्यै विधवा हुनुपर्नेछैन।
मेरा छोराछोरी कहिल्यै मर्नेछैनन्।”+
९ तर अचानक अनि एकै दिनमा तँमाथि यी दुई विपत्ति आउनेछन्:+
तेरा छोराछोरी मर्नेछन् र तँ विधवा हुनुपर्नेछ।
तैँले धेरै तन्त्रमन्त्र र टुनामुना गरेकीले+
तँमाथि यी विपत्तिहरू तैँले सहनै नसक्नेगरि आइपर्नेछन्।+