हितोपदेश
५ हे मेरो छोरा, बुद्धिले भरिएका मेरा कुराहरूमा ध्यान देऊ।
समझशक्तिबारे मैले सिकाएका कुराहरू राम्ररी सुन;*+
२ तब तिमीले आफ्नो सोच्ने क्षमतालाई जोगाउनेछौ
र आफ्नो बोलीले ज्ञानको रक्षा गर्नेछौ।+
५ त्यसको खुट्टा मृत्युको बाटोतिर लाग्छ,
त्यसका पाइलाहरूले सोझै चिहानमा* पुऱ्याउँछ।
६ त्यसले जीवनको बाटोलाई वास्तै गर्दिन।
त्यो यताउता डुलिहिँड्छे तर कहाँ पुग्ने हो, जान्दिन।
७ हे मेरा छोरा हो, मेरो कुरा सुन,
मैले भनेका कुराहरूलाई बेवास्ता नगर।
८ त्यस आइमाईबाट टाढै बस;
त्यसको घरको छेउमा समेत नजाऊ+
९ नत्र त तिमी अरूको नजरमा गिर्नेछौ+
र जिन्दगीभर दुःख भोग्नेछौ+
१० अनि परदेशीहरूले तिम्रो सम्पत्ति लुट्नेछन्+
र तिम्रो पसिनाको कमाइले अरूको घर भरिनेछ।
११ जब तिम्रो शरीर गलिसकेको हुनेछ,
तब जीवनको अन्तिम घडीमा तिमीले सुस्केरा हाल्नेछौ+
१२ र भन्नेछौ: “मैले अर्तीलाई बेकारमा घृणा गरेछु!
मलाई सुधारिँदा बेकारमा त्यसलाई लत्याएछु!
१३ मैले मेरा गुरुहरूको कुरा मानिनँ
अनि मलाई सिकाउनेहरूको कुरामा ध्यान दिइनँ।
१६ तिम्रो कुवाको पानी बाहिरतिर किन पोखिन दिन्छौ?
तिम्रो मुहानको पानी सहरका चोकहरूमा किन बग्न दिन्छौ?+
१७ त्यो तिम्रै लागि मात्र होस्,
अरू कसैको लागि नहोस्।+
उनकै स्तनहरूमा सधैँ सन्तुष्ट होऊ;
उनकै मायामा हरपल डुबिरह।+
२२ दुष्ट मानिस आफ्नै गलत चालको पासोमा पर्छ;
त्यसको पापले त्यसलाई डोरीले झैँ बाँधिराख्छ।+
२३ आफ्नो घोर मूर्खताले गर्दा ऊ बरालिनेछ;
अर्ती नसुनेकोले ऊ मर्नेछ।