मत्तिका अनुसार
३ ती दिनहरूमा बप्तिस्मा गराउने युहन्नाले+ यहुदियाको निर्जनभूमिमा आएर यसो भन्दै प्रचार गरे:+ २ “पश्चात्ताप गर किनभने स्वर्गको राज्य नजिकै आएको छ।”+ ३ वास्तवमा युहन्ना तिनै व्यक्ति हुन्, जसबारे भविष्यवक्ता यसैयाले यसो भनेका थिए:+ “उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ, ‘यहोवाको* बाटो तयार पार, उहाँको मार्ग सोझो बनाओ।’”+ ४ युहन्ना उँटको रौँबाट बनेको लुगा लगाउँथे अनि कम्मरमा छालाको पटुका कस्थे।+ तिनी सलह र वन-मह खान्थे।+ ५ त्यसबेला यरुसलेम, सारा यहुदिया र यर्दन नदीवरिपरिका सबै ठाउँका मानिसहरू तिनीकहाँ आउँथे+ ६ अनि उनीहरू आ-आफ्ना पाप खुलेआम स्विकार्थे र तिनले यर्दन नदीमा उनीहरूको बप्तिस्मा गराउँथे।*+
७ जब तिनले थुप्रै फरिसी* र सदुकी* बप्तिस्मा गर्ने ठाउँमा आउँदै गरेको देखे,+ तब तिनले उनीहरूलाई यसो भने: “हे विषालु सर्पका बच्चाहरू हो!+ आउँदै गरेको क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो?+ ८ यसकारण पश्चात्ताप प्रकट हुने फल फलाओ। ९ तिमीहरू ‘हाम्रो बुबा अब्राहाम हुनुहुन्छ’ भनी नठान।+ किनकि म तिमीहरूलाई भन्छु, परमेश्वरले यी ढुङ्गाहरूबाट अब्राहामको निम्ति सन्तान खडा गर्न सक्नुहुन्छ। १० बन्चरो रूखको जरामा परिसकेको छ। त्यसैले असल फल नफलाउने हरेक रूख काटेर ढालिनेछ र आगोमा फालिनेछ।+ ११ म त तिमीहरूको बप्तिस्मा पानीले गराउँछु किनकि तिमीहरूले पश्चात्ताप गरेका छौ+ तर मपछि आउनुहुने मभन्दा शक्तिशाली हुनुहुन्छ, जसको जुत्ता खोल्न समेत म लायकको छैनँ।+ उहाँले तिमीहरूको बप्तिस्मा पवित्र शक्ति+ र आगोले गराउनुहुनेछ।+ १२ बत्ताउने बेल्चा उहाँको हातमा छ। उहाँले आफ्नो खला पूरै सफा गर्नुहुनेछ र आफ्नो गहुँलाई भण्डारमा जम्मा गर्नुहुनेछ तर भुसलाई चाहिँ कहिल्यै निभाउन नसकिने आगोमा जलाउनुहुनेछ।”+
१३ तब येसु युहन्नाद्वारा बप्तिस्मा गर्न गालिलबाट यर्दन नदीमा आउनुभयो।+ १४ तर युहन्नाले यसो भन्दै उहाँलाई रोक्न खोजे: “मैले पो तपाईँबाट बप्तिस्मा गर्नु आवश्यक छ, उल्टै तपाईँ मकहाँ आउँदै हुनुहुन्छ?” १५ येसुले तिनलाई जवाफ दिनुभयो: “अहिलेलाई यस्तै हुन देऊ। किनकि यसरी नै हामीले परमेश्वरको सबै इच्छा पूरा गर्नु उचित हुन्छ।” त्यसपछि तिनले उहाँलाई रोकेनन्। १६ बप्तिस्मा गरेपछि येसु तुरुन्तै पानीमाथि निस्कनुभयो अनि हेर! आकाश खुल्यो+ र युहन्नाले परमेश्वरको पवित्र शक्ति ढुकुरको रूपमा उहाँमाथि ओर्लँदै गरेको देखे।+ १७ अनि हेर! आकाशबाट यसो भन्ने आवाज पनि आयो:+ “यिनी मेरो प्यारो छोरा हुन्,+ जसलाई मैले स्विकारेको छु।”+