भजनसङ्ग्रह
५ उहाँले गर्नुभएका अचम्मलाग्दा कामहरू,
उहाँका चमत्कारहरू र उहाँले सुनाउनुभएका फैसलाहरू सम्झ;+
६ हे परमेश्वरका सेवक अब्राहामका सन्तान हो,+
हे याकुबका छोराहरू, उहाँले रोज्नुभएका जन हो,+ ती सबै सम्झ।
८ उहाँले आफ्नो करार कहिल्यै बिर्सनुहुन्न,+
उहाँले आफ्नो प्रतिज्ञा हजारौँ पुस्तासम्म याद गर्नुहुन्छ,+
१० जुन उहाँले याकुबको लागि आदेश
र इस्राएलको लागि सदाको करारको रूपमा स्थापित गर्नुभयो
१२ यो उहाँले तब भन्नुभएको थियो, जब तिनीहरू थोरै थिए,+
हो, असाध्यै थोरै अनि त्यहाँ तिनीहरू परदेशी थिए।+
१३ तिनीहरू एउटा राष्ट्रबाट अर्को राष्ट्रमा;
एउटा राज्यबाट अर्को राज्यमा गए।+
१४ तर उहाँले कसैलाई तिनीहरूमाथि दमन गर्न दिनुभएन;+
तिनीहरूको खातिर उहाँले राजाहरूलाई समेत हप्काउनुभयो,+
१७ उहाँले तिनीहरूभन्दा अघि एक जना मानिस पठाउनुभयो,
युसुफलाई पठाउनुभयो, जसलाई दास हुनको लागि बेचिएको थियो।+
१९ जबसम्म यहोवाको कुरा साँचो साबित भएन,+
उहाँको वचनले नै उसलाई खाऱ्यो।
२० राजाले उसलाई कैदमुक्त गर्ने हुकुम दिए,+
हो, जातिजातिका तिनै शासकले उसलाई स्वतन्त्र गरिदिए।
२१ तिनले उसलाई आफ्नो घरानाको मालिक बनाए,
आफ्नो सारा सम्पत्तिमाथि अधिकार दिए+
२२ ताकि उसले आफ्नो इच्छाअनुसार तिनका भारदारहरूमाथि अधिकार गर्न सकोस्
र तिनका बुज्रुकहरूलाई बुद्धिका कुरा सिकाउन सकोस्।+
२३ तब इस्राएल मिश्रमा आए+
र याकुब विदेशी भएर हामको देशमा रहे।
२४ परमेश्वरले आफ्ना मानिसहरूलाई सङ्ख्यामा धेरै बनाउनुभयो+
उहाँले तिनीहरूलाई दुस्मनहरूभन्दा पराक्रमी तुल्याउनुभयो।+
२५ उहाँले ती दुस्मनहरूको मन बद्लिन दिनुभयो
ताकि उनीहरूले उहाँका मानिसहरूलाई घृणा गरून्
र उहाँका सेवकहरूको विरुद्धमा षड्यन्त्र रचून्।+
२७ तिनीहरूले उनीहरूमाझ उहाँका चिन्हहरू देखाए,
हामको देशमा उहाँका चमत्कारहरू देखाए।+
२८ उहाँले अन्धकार पठाउनुभयो र देशमा अन्धकार छायो;+
तिनीहरू उहाँको वचनको विरुद्धमा गएनन्।
२९ उहाँले उनीहरूको पानी रगतमा परिणत गर्नुभयो
र उनीहरूका सबै माछा मरे।+
३० उनीहरूको देश भ्यागुतै भ्यागुताले भरियो,+
राजाका कोठाहरू पनि भ्यागुताले भरिए।
३१ उहाँले उनीहरूलाई आक्रमण गर्न झिँगाहरूलाई* हुकुम गर्नुभयो
र उनीहरूको सबै इलाकामा भुसुना पठाउनुभयो।+
३३ उहाँले उनीहरूका अङ्गुरका बोट र अन्जिरका रूखहरूलाई प्रहार गर्नुभयो
र उनीहरूको देशमा भएका सबै रूखलाई तहसनहस पारिदिनुभयो।
३४ उहाँले उनीहरूलाई आक्रमण गर्न सलहलाई हुकुम दिनुभयो,
उनीहरूलाई हमला गर्न अनगिन्ती सलहका बच्चाहरू पठाउनुभयो।+
३५ तिनीहरूले देशका सबै बालीनाली खाइदिए,
तिनीहरूले जमिनको उब्जनी सखाप पारिदिए।
३६ तब उहाँले उनीहरूको देशका सबै पहिलो सन्तानको ज्यान लिनुभयो,+
उनीहरूको प्रजनन शक्तिको पहिलो फललाई मास्नुभयो।
३७ उहाँले आफ्ना मानिसहरूलाई सुन र चाँदीसहित छुटाएर ल्याउनुभयो+
अनि उहाँका कुलहरूमध्ये कसैले पनि ठेस खाएन।
४० तिनीहरूले मागेकाले उहाँले तिनीहरूलाई बट्टाई चरा दिनुभयो;+
उहाँले स्वर्गबाट खानेकुरा दिएर तिनीहरूलाई तृप्त पार्नुभयो।+
४२ किनकि उहाँले आफ्नो सेवक अब्राहामसित गर्नुभएको पवित्र करार बिर्सिनुभएन।+
४३ त्यसैले उहाँले आफ्ना मानिसहरूलाई रमाहटका साथ+
र आफ्ना चुनिएका जनहरूलाई हर्षोल्लासका साथ निकालेर ल्याउनुभयो।
४५ तिनीहरूले उहाँको आदेश पालन गरून्+
र उहाँको व्यवस्थाअनुसार चलून् भनेर उहाँले त्यसो गर्नुभयो।
याहको प्रशंसा गर!*