प्रेषितहरूका कार्य
१५ यहुदियाबाट केही मानिसहरू आएर भाइहरूलाई यसो भनेर सिकाउन थाले: “मोसाको व्यवस्थाअनुसार खतना+ नगरेसम्म तपाईँहरूको उद्धार हुन सक्दैन।” २ पावल र बर्णाबासको उनीहरूसित निकै मतभेद र बहस भएपछि यस विषयमा कुरा गर्न पावल र बर्णाबासका साथै अरू केही भाइहरूलाई यरुसलेममा+ भएका प्रेषितहरू र एल्डरहरूकहाँ पठाउने प्रबन्ध मिलाइयो।
३ त्यसैले मण्डलीले तिनीहरूलाई केही परसम्म पुऱ्याइसकेपछि फोनिसिया र सामरिया हुँदै ती मानिसहरूले आफ्नो यात्रा जारी राखे। अनि अन्यजातिका मानिसहरूले गरेको धर्म परिवर्तनबारे सविस्तार सुनाए र यो सुनेर सबै भाइहरू असाध्यै रमाए। ४ तिनीहरू यरुसलेम पुग्दा मण्डलीले, प्रेषितहरूले अनि एल्डरहरूले न्यानो स्वागत गरे। अनि पावल र बर्णाबासले उनीहरूलाई आफूहरूमार्फत परमेश्वरले गर्नुभएका थुप्रै कामका विषयमा बताए। ५ तर फरिसी गुटका केही मानिसहरू, जसले प्रभुमा विश्वास गर्न थालेका थिए, उनीहरू आफू बसेको ठाउँबाट उठे र भने: “तिनीहरूको खतना गराउनुपर्छ अनि तिनीहरूलाई मोसाको व्यवस्था पालन गर्ने आदेश दिनुपर्छ।”+
६ यस विषयमा छलफल गर्न प्रेषितहरू र एल्डरहरू एकै ठाउँमा भेला भए। ७ चर्को बहस भइसकेपछि पत्रुस उभिए र उनीहरूलाई भने: “भाइहरू हो, तपाईँहरूलाई थाहै छ, अन्यजातिका मानिसहरूले मेरो मुखबाट सुसमाचार सुनून् र विश्वास गरून् भनेर परमेश्वरले सुरुदेखि तपाईँहरूको माझबाट मलाई रोज्नुभयो।+ ८ अनि हृदयको कुरा जान्नुहुने परमेश्वरले+ हामीलाई जस्तै उनीहरूलाई पनि पवित्र शक्ति दिएर+ उनीहरूलाई रोजेको प्रमाण दिनुभयो। ९ हामी र उनीहरूबीच उहाँले कुनै भेदभाव गर्नुभएन+ तर विश्वासद्वारा उनीहरूको हृदय शुद्ध पार्नुभयो।+ १० त्यसैले अब तपाईँहरू ती चेलाहरूको गर्दनमा किन यस्तो जुवा लादेर परमेश्वरको परीक्षा लिनुहुन्छ,+ जुन न हाम्रा पुर्खाहरूले बोक्न सके न त हामीले नै बोक्न सक्यौँ?+ ११ बरु प्रभु येसुको असीम अनुग्रहद्वारा उद्धार पाउँछौँ + भनी हामी विश्वास गर्छौँ अनि ती मानिसहरू पनि त्यसै गर्छन्।”+
१२ यो सुनेर सबै जना चुप लागे अनि परमेश्वरले आफूहरूमार्फत अन्यजातिहरूबीच गर्नुभएका थुप्रै चमत्कार अनि आश्चर्यजनक कार्यबारे बर्णाबास र पावलले बताउँदा उनीहरूले सुन्न थाले। १३ तिनीहरू बोल्न छोडेपछि याकुबले यसो भने: “भाइहरू हो, मेरो कुरा सुन्नुहोस्। १४ अन्यजातिमध्येबाट आफ्नो नामको लागि मानिसहरू छान्न+ परमेश्वरले कसरी पहिलो चोटि तिनीहरूतर्फ ध्यान दिनुभयो भनेर सिमियोनले+ विस्तृत रूपमा बताइसकेका छन्। १५ अनि भविष्यवक्ताहरूले बताएको कुरा पनि यससित मेल खान्छ, जस्तो लेखिएको छ: १६ ‘यी कुराहरूपछि म फर्कनेछु र दाउदको भत्किएको वासस्थान* पुनर्निर्माण गर्नेछु; त्यसको भग्नावशेषलाई बनाउनेछु र त्यसलाई फेरि ठड्याउनेछु १७ ताकि बाँकी रहेका मानिसहरूले सबै राष्ट्रका मानिसहरूसित मिलेर जोडतोडले यहोवा* परमेश्वरको खोजी गर्न सकून्, जसको विषयमा यी सबै काम गर्ने यहोवा* परमेश्वर भन्नुहुन्छ, यी मेरो नामद्वारा पुकारिने मानिसहरू हुन्।+ १८ उहाँले निकै पहिले यसो गर्ने निर्णय गरिसक्नुभएको थियो।’+ १९ त्यसकारण मेरो निर्णय* यो छ, परमेश्वरतर्फ फर्किरहेका अन्यजातिहरूलाई हामी दुःख नदेऔँ।+ २० बरु मूर्तिपूजाद्वारा अपवित्र भएका कुराहरू,+ अवैध यौनसम्बन्ध,*+ गला अँठ्याएर मारिएको जनावरको मासु* र रगतबाट+ अलग रहनू भनेर लेखौँ। २१ मोसाका पुस्तकहरूमा लेखिएका कुराहरू प्रचार गर्ने मानिसहरू प्राचीन समयदेखि नै सहरैपिच्छे छन् किनकि हरेक विश्रामदिनमा* तिनीहरूले सभाघरहरूमा ठूलो स्वरले यी पुस्तकहरू पढ्ने गर्छन्।”+
२२ तब प्रेषितहरू र एल्डरहरूले अनि सम्पूर्ण मण्डलीले आफूहरूमध्येबाट केही भाइलाई रोजेर पावल र बर्णाबाससित एन्टिओक पठाउने निर्णय गरे; तिनीहरूले भाइहरूमाझ अगुवाइ लिइरहेका बर्साबास भनिने यहुदा र सिलासलाई+ पठाए। २३ तिनीहरूले यस्तो पत्र लेखेर यी भाइहरूको हातमा पठाए:
“तपाईँहरूका भाइहरू अर्थात् प्रेषितहरू र एल्डरहरूको तर्फबाट एन्टिओक,+ सिरिया र सिलिसियाका गैर-यहुदी भाइहरूलाई अभिवादन! २४ हाम्रा केही मानिसहरूले तपाईँहरूलाई आफ्नो वचनद्वारा दुःख दिएर तपाईँहरूको पतन गराउन खोजेका छन् भनेर हामीले सुन्यौँ + तर हामीले तिनीहरूलाई त्यसो गर्ने कुनै निर्देशन दिएका थिएनौँ। २५ त्यसैले हाम्रो सर्वसम्मतिद्वारा केही भाइलाई रोजेर हाम्रा प्रिय बर्णाबास र पावलसित तपाईँहरूकहाँ पठाउने निर्णय हामीले गऱ्यौँ। २६ यी दुवैले हाम्रा प्रभु येसु ख्रिष्टको नामको खातिर आफ्नो ज्यानको खतरा मोलेका छन्।+ २७ यस पत्रमा लेखिएका कुराहरू यहुदा र सिलासले पनि आफ्नो मुखैले बताऊन् भनेर हामी तिनीहरूलाई पठाउँदै छौँ।+ २८ पवित्र शक्ति+ र हामीलाई यी आवश्यक कुराहरूबाहेक अरू थप बोझ तपाईँहरूलाई नबोकाउन उचित लाग्यो: २९ मूर्तिलाई बलि चढाइएका थोकहरू,+ रगत,+ गला अँठ्याएर मारिएको जनावरको मासु*+ र अवैध यौनसम्बन्धबाट*+ सधैँ अलग रहनुहोस्। यी कुराहरूबाट अलग रहन होसियार हुनुभयो भने तपाईँहरूको कल्याण हुनेछ। तपाईँहरूको भलो होस्!”*
३० त्यसैले ती मानिसहरू बिदा भएर एन्टिओक झरे अनि थुप्रै चेलालाई भेला गरेर त्यो पत्र बुझाए। ३१ त्यो पत्र पढेपछि चेलाहरू त्यसबाट पाएको प्रोत्साहनले गर्दा रमाए। ३२ साथै यहुदा र सिलास पनि भविष्यवक्ताहरू भएकोले तिनीहरूले धेरै भाषण दिएर भाइहरूलाई प्रोत्साहन दिनुका साथै सुदृढ पारे।+ ३३ यसरी भाइहरूसित केही समय बिताइसकेपछि बिदाबारी गरेर तिनीहरू यरुसलेम फर्के। ३४ *— ३५ तर पावल र बर्णाबास भने एन्टिओकमै बसे अनि तिनीहरूले अरू धेरै जनासित मिलेर यहोवा* परमेश्वरको वचनको सुसमाचार प्रचार गरे र सिकाए।
३६ केही दिनपछि पावलले बर्णाबासलाई यसो भने: “आऊ, हामीले जुन-जुन सहरमा यहोवा* परमेश्वरको वचन प्रचार गरेका थियौँ, त्यहाँ फेरि गएर* भाइहरूलाई भेटौँ र तिनीहरूको हालखबर बुझौँ।”+ ३७ बर्णाबासले मर्कुस भनिने युहन्नालाई+ पनि सँगै लैजाने निश्चय गरेका थिए। ३८ तर पावल भने उनलाई सँगै लैजाने पक्षमा थिएनन् किनकि उनी तिनीहरूको काममा साथ नदिई तिनीहरूलाई पाम्फिलियाबाट छोडेर गएका थिए।+ ३९ यो कुरामा तिनीहरूबीच चर्को भनाभन भयो र तिनीहरू एकअर्काबाट छुट्टिए। तब बर्णाबासले+ मर्कुसलाई आफूसित लगे अनि समुद्री यात्रा गरेर साइप्रसतिर लागे। ४० पावलले भने सिलासलाई रोजे अनि भाइहरूले पावलमाथि यहोवा* परमेश्वरको असीम अनुग्रह रहोस् भनेर बिन्ती चढाएपछि तिनी आफ्नो बाटो लागे।+ ४१ मण्डलीहरूलाई सुदृढ बनाउँदै तिनी सिरिया र सिलिसियाको इलाकाभरि गए।