यसैया
२६ त्यो दिन यहुदामा+ यो गीत गाइनेछ:+
“हाम्रो सहर बलियो छ।+
उहाँले गर्नुहुने उद्धार यस सहरको पर्खाल र प्राकार* हो।+
३ तपाईँमा पूरै भर पर्नेहरूलाई* तपाईँले जोगाउनुहुनेछ।
तपाईँले तिनीहरूलाई निरन्तर शान्ति दिनुहुनेछ+
किनकि तिनीहरू तपाईँमा भरोसा गर्छन्।+
५ उहाँले अग्लो ठाउँमा, भव्य सहरमा बस्नेहरूलाई खसाल्नुभएको छ।
उहाँले त्यस सहरलाई तल झार्नुहुन्छ।
त्यसलाई भुईँमा पछार्नुहुन्छ।
त्यसलाई माटोमा मिलाइदिनुहुन्छ।
६ दीनदुःखी र गरिबहरूका खुट्टाले
त्यसलाई कुल्चनेछ।”
७ धर्मी मानिसको बाटो सीधा* हुन्छ।
तपाईँ न्यायी हुनुहुन्छ,
त्यसैले धर्मी मानिसको बाटोलाई तपाईँ समतल पारिदिनुहुन्छ।
८ हे यहोवा, तपाईँको न्यायको मार्गमा चल्दा
हामी तपाईँमै भर पर्छौँ।
हामी तपाईँको नाम र तपाईँको स्मृतिको* औधी चाह गर्छौँ।
९ रातमा म आफ्नो तनमनले तपाईँलाई खोज्दछु।
हो, मेरो हृदयले तपाईँलाई खोजिरहन्छ+
किनकि जब तपाईँ पृथ्वीको इन्साफ गर्नुहुन्छ,
तब मानिसहरूले धार्मिक स्तर सिक्छन्।+
१० दुष्टलाई दया देखाए पनि
त्यसले धार्मिक स्तर सिक्दैन।+
सोझाहरूको देशमा पनि त्यसले दुष्ट काम गर्छ।+
त्यसले यहोवाको गौरव देख्नेछैन।+
११ हे यहोवा, तपाईँले आफ्नो हात उठाउनुभएको छ तर तिनीहरूले देख्दैनन्।+
आफ्ना मानिसहरूको निम्ति तपाईँको जोस तिनीहरूले देख्नेछन् र लाजमा पर्नेछन्।
हो, शत्रुहरूको निम्ति तपाईँले साँचेर राख्नुभएको आगोले तिनीहरूलाई खरानी बनाउनेछ।
१२ हे यहोवा, तपाईँले हामीलाई शान्ति दिनुहुनेछ+
किनकि हामीले अहिलेसम्म गरेका सबै कुरा
तपाईँले नै पूरा गरिदिनुभएको हो।
१३ हे यहोवा हाम्रा परमेश्वर, तपाईँबाहेक अरू मालिकले पनि हामीमाथि शासन गरे+
तर हामी तपाईँको नाउँको मात्र प्रशंसा गर्छौँ।+
१४ तिनीहरू त मरिसके, अब फेरि बाँच्नेछैनन्।
तिनीहरू शक्तिहीन छन्, फेरि उठ्नेछैनन्+
किनकि तिनीहरूलाई नाश गर्न र तिनीहरूको नामोनिसान मेटाउन
तपाईँ तिनीहरूविरुद्ध उठ्नुभएको छ।
१५ हे यहोवा, तपाईँले यस जातिलाई ठूलो बनाउनुभएको छ।
हो, तपाईँले यस जातिलाई ठूलो बनाउनुभएको छ।
तपाईँले आफूलाई महिमित पार्नुभएको छ।+
तपाईँले देशको सिमाना चारैतिर फैलाउनुभएको छ।+
१६ हे यहोवा, कष्ट आइपर्दा तिनीहरू तपाईँतर्फ फर्के।
तपाईँले तिनीहरूलाई अनुशासन दिनुहुँदा+ तिनीहरूले मधुरो स्वरमा प्रार्थना गरे र आफ्नो मनको बह पोखाए।
१७ जसरी बच्चा जन्माउन लागेकी स्त्रीलाई
सुत्केरी बेथाले च्याप्छ र ऊ पीडाले कराउँछे,
हे यहोवा, तपाईँले हामीलाई पनि त्यस्तै अवस्थामा पुऱ्याउनुभयो।
१८ हामीले गर्भधारण गऱ्यौँ; हामीलाई सुत्केरी बेथाले च्याप्यो।
तर हामीले त हावालाई पो जन्माएछौँ।
हामीले देशको उद्धार गर्न सकेनौँ।
देशमा बसोबास गर्नलाई कोही पनि जन्मिएन।
१९ “मरिसकेका तिम्रा मानिसहरू फेरि बाँच्नेछन्।
मेरा मानिसहरूका लास* फेरि जिउँदो हुनेछन्।+
हे माटोमा बस्नेहरू हो,
उठ! खुसीले कराओ!+
किनकि तिमीहरूको शीत बिहानीको शीतजस्तै* छ।
पृथ्वीले मृत्युको पन्जामा परेर निस्सहाय भएकाहरूलाई फिर्ता गर्नेछ र तिनीहरू फेरि जिउँदो हुनेछन्।
२० हे मेरा मानिसहरू हो, जाओ!
आ-आफ्नो भित्री कोठामा पस र ढोका बन्द गर।+
मेरो क्रोध शान्त नहोउन्जेल
केहीबेर लुकेर बस।+
२१ किनकि हेर! देशका बासिन्दाहरूसँग तिनीहरूको गल्तीको लेखा लिन
यहोवा आफ्नो ठाउँबाट आउँदै हुनुहुन्छ।
भूमिले आफूमाथि पोखिएको रगत प्रकट गर्नेछ
र आफ्ना मरेकाहरूलाई फेरि कहिल्यै लुकाउनेछैन।”