श्रेष्ठगीत
६ “ए परमसुन्दरी,
तिम्रा प्रेमी कहाँ गए?
तिम्रा प्रेमी कता लागे?
तिनलाई खोज्न हामी पनि तिमीसितै आउँछौँ।”
३ मेरो प्रेमी मेरै हो
र म उसकी!+
लिली फूलहरूमाझ ऊ बगाल चराउँदै छ।”+
४ “हे मेरी प्रियतमा, तिमी सुन्दर सहर तिर्जाहजस्तै छ्यौ,+
यरुसलेमजस्तै राम्री,+
फरफराएको ध्वजा बोक्ने सेनाजस्तै प्रतापी।+
तिम्रो केश गिलादको पहाडबाट गुटुटु ओर्लिरहेको
बाख्राको बथानजस्तै देखिन्छ।+
६ तिम्रा दाँत भर्खरै कत्रिएको
र नुहाइदिएको भेडाको बगालजस्तै सेता छन्।
ती सबै जोडी मिलेका
र एउटै पनि पाठो नहराएको बगालजस्ता छन्।
७ घुम्टोभित्र लुकेका तिम्रा गाला,
दुई फ्याक परेको अनारजस्तै छ।
९ मेरी ढुकुर त तिमी मात्र हौ,+ सुन्दरी र चोखी।
आमाकी अति प्यारी,
मन पर्ने एक्ली छोरी।
तिमीलाई देख्ने युवतीहरू तिम्रो तारिफ गर्छन्,
रानीहरू र भित्रिनीहरू तिम्रो गुणगान गाउँछन्।
१० ‘यिनी को हुन्, जसको रूप उषाको लालीजस्तो छ,
पूर्णिमाको सुन्दर जूनजस्तो छ,
सूर्यको निर्मल तेजजस्तो छ?
को हुन् यिनी, जसको रवाफ फरफराएको ध्वजा बोक्ने सेनाजस्तो छ?’”+
११ “बेँसीमा* नयाँ पालुवा लाग्यो कि,
अङ्गुरको बोटमा मुना पलायो कि,
अनारको बोटमा फूल फुल्यो कि भनेर हेर्न,
म ओखरका रूखहरू भएको ठाउँमा गएँ।+
१२ यी कुराहरू हेर्ने मेरो इच्छाले गर्दा मलाई होसै भएन,
कुन बेला मेरा असल मानिसहरूको शाही रथमा चढ्न पुगेछु,
मैले चालै पाइनँ।”
१३ “फर्क, फर्क, ए सुलम्मेनी!
नजाऊ, यता फर्क।
धीत नमरुन्जेल तिमीलाई हेर्न देऊ!”
“तिमी किन सुलम्मेनीलाई एकटक लाएर हेर्छौ?”+
“ऊ महनैमको* नाचजस्तै छे!”