हितोपदेश
१३ बुद्धिमन् छोराले बुबाको अर्ती सुन्छ*+
तर अहङ्कारी* मानिसले कसैको हप्की* सुन्दैन।+
२ मानिसको असल बोलीले गर्दा उसले असलै इनाम पाउँछ+
तर धोका दिने मानिसले हिंसा मन पराउँछ।
३ आफ्नो बोली काबूमा राख्ने मानिसको जीवन सुरक्षित हुन्छ+
तर बकबक गर्ने मानिसको पतन हुन्छ।+
४ अल्छी मानिसले लालसा गरे पनि केही पाउँदैन+
तर मेहनती मानिसको इच्छा पूरा हुन्छ।+
५ धर्मी मानिसले झूटलाई घृणा गर्छ,+
दुष्ट मानिसको व्यवहारले लाज र अपमान निम्त्याउँछ।
६ धार्मिकताले निर्दोष मानिसको रक्षा गर्छ+
तर दुष्ट कामले पापी मानिसलाई बरबाद पार्छ।
७ कोही मानिस आफूसित केही नभए पनि आफूलाई धनीजस्तो देखाउँछ+
तर कोही मानिस आफूसित अपार धनसम्पत्ति भए पनि आफूलाई गरिबजस्तो देखाउँछ।
८ धनी मानिसले धन दिएर आफ्नो ज्यान बचाउँछ+
तर गरिब मानिसलाई त कतैबाट ज्यानको खतरा हुँदैन।*+
९ धर्मी मानिसको ज्योति चहकिलो हुन्छ+
तर दुष्टको दियो निभाइनेछ।+
१० अहङ्कारले झगडा निम्त्याउँछ+
तर बुद्धिमान् मानिसले सरसल्लाह गर्छ।+
११ रातारात कमाएको धन घट्दै जान्छ+
तर अलिअलि गरी जम्मा गरेको धन बढ्दै जान्छ।
१२ आशा गरेको कुरा छिट्टै पूरा नहुँदा मन मर्छ+
तर मनको इच्छा पूरा हुनु जीवनको रूख हो।+
१३ जसले निर्देशन पालन गर्दैन, उसले सजाय भोग्छ+
तर जसले आज्ञा पालन गर्छ, उसले इनाम पाउँछ।+
१४ बुद्धिमान् मानिसको सल्लाह जीवनको मूल हो;+
यसले मानिसलाई मृत्युको पासोबाट जोगाउँछ।
१५ अन्तर्दृष्टि* भएको मानिसले अरूको निगाह पाउँछ
तर धूर्त मानिसको मार्ग कठिन हुन्छ।
१६ चतुर मानिसले सोचविचार गरेर कदम चाल्छ+
तर मूर्खले भने आफ्नो मूर्खता देखाउँछ।+
१७ धोकेबाज दूतले समस्या निम्त्याउँछ+
तर वफादार दूतले भलाइ गर्छ।+
१८ अनुशासनलाई बेवास्ता गर्ने मानिसलाई गरिबीले छोप्छ र ऊ लाजमा पर्छ
तर सुधार स्विकार्ने मानिसले प्रशंसा पाउँछ।+
१९ आफ्नो इच्छा पूरा हुँदा मानिसको मन खुसी हुन्छ+
तर मूर्ख मानिसले गलत बाटो त्याग्न मन गर्दैन।+
२० बुद्धिमान्सित हिँड्ने मानिस बुद्धिमान् हुन्छ+
तर मूर्खसित सङ्गत गर्ने मानिसले दुःख भोग्छ।+
२१ पापीहरूलाई विपत्तिले खेद्न छोड्दैन+
तर धर्मी मानिसको उन्नति हुन्छ।+
२२ भला मानिसले आफ्ना नातिनातिनाको लागि पैतृक-सम्पत्ति छोड्छ;
पापी मानिसको धनसम्पत्ति धर्मी मानिसको लागि हुन्छ।+
२३ गरिब मानिसले आफ्नो खेतमा खनजोत गरेर प्रशस्त अन्न फलाउँछ
तर अन्यायको मारमा पर्दा ऊ बरबाद हुन सक्छ।
२४ आफ्नो छोरालाई घृणा गर्ने बुबाले उसलाई अनुशासन दिँदैन*+
तर छोरालाई माया गर्ने बुबा उसलाई अनुशासन दिन पछि हट्दैन।*+
२५ धर्मी मानिसले पेटभरि खान पाउँछ+
तर दुष्ट मानिस भोकै रहन्छ।+