भजनसङ्ग्रह
दाउदको मिक्ताम।*
१६ हे परमेश्वर, मेरो रक्षा गर्नुहोस् किनभने म तपाईँकै शरणमा आएको छु।+
२ मैले यहोवालाई भनेँ: “तपाईँ यहोवा हुनुहुन्छ, मेरो भलाइको स्रोत!
४ अरू देवता पुज्नेहरूले आफैमाथि दुःख थप्छन्।+
ती देवताहरूलाई म कहिल्यै रगत चढाउनेछैनँ
अनि मेरो ओठले तिनीहरूको नाम लिनेछैन।+
५ यहोवा मेरो अंश, मेरो भाग हुनुहुन्छ+ र उहाँले नै मेरो कचौरा भरिदिनुहुन्छ।+
तपाईँले नै मेरो अंश जोगाइदिनुहुन्छ।
६ तपाईँले नापेर दिनुभएको मेरो अंश उत्तम छ।
हो, मेरो अंशमा म सन्तुष्ट छु।+
८ मैले यहोवालाई सदैव मेरो नजरसामु राखेको छु।+
उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ, त्यसैले म कहिल्यै डग्नेछैनँ।*+
९ मेरो मन रमाउँछ, म धेरै खुसी हुन्छु
र म सुरक्षित रहन्छु।