हितोपदेश
६ हे मेरो छोरा, छिमेकीले ऋण लिँदा तिमी जमानी* बसेका छौ भने+
अनि अपरिचित मानिससँग तिमीले हात मिलाएका छौ भने,*+
२ आफ्नो वाचाले गर्दा फन्दामा परेका छौ भने,
आफ्नो कबुलले गर्दा तिमी फसेका छौ भने+
३ मेरो छोरा, आफूलाई छुटाउन यसो गर:
आफ्नो घमन्ड त्यागेर छिमेकीकहाँ जाऊ र बिन्ती गर
किनभने तिमी उसको पन्जामा परेका छौ।+
४ तिम्रा आँखामा निद्रा पर्न नदेऊ;
तिम्रा आँखा लट्ठिन नपाऊन्।
५ सिकारीको हातबाट मृग फुत्केझैँ
र सिकारीको पासोबाट चरा उम्केझैँ आफूलाई छुटाऊ।
७ त्यसको कुनै सेनापति, हाकिम र शासक हुँदैन।
८ तैपनि त्यसले ग्रीष्म ऋतुमा खानेकुरा जम्मा गर्छ,+
कटनीको समयमा अन्न भण्डार गर्छ।
९ ए अल्छी, तिमी कहिलेसम्म सुतिरहन्छौ?
तिमी निद्राबाट कहिले जाग्छौ?
१० एकछिनको सुताइले, एकछिनको झुलाइले
र हात बाँधेर एकछिनको बसाइले+
११ गरिबीले तिमीलाई डाँकुले झैँ आक्रमण गर्नेछ;
अभावले तिमीलाई हतियारधारीले झैँ हमला गर्नेछ।+
१२ बेकम्मा र दुष्ट मानिस बाङ्गो कुरा गर्दै हिँड्छ;+
१३ त्यसले आँखा सन्काउँछ,+ खुट्टा र हातका औँलाले इसारा गर्छ।
१४ त्यसको हृदय कपटले भरिएको हुन्छ,
त्यसले सधैँ षड्यन्त्र रच्छ+ र झगडाको बिउ रोप्छ।+
१५ त्यसमाथि अचानक आपत् आइपर्नेछ;
त्यो उम्कनै पाउनेछैन, त्यो नाश हुनेछ।+
१६ छ वटा कुरालाई यहोवा घृणा गर्नुहुन्छ;
हो, यी सात वटा कुरा उहाँको नजरमा घिनलाग्दा छन्:
१७ घमन्डी* आँखा,+ झूट बोल्ने जिब्रो+ र निर्दोष मानिसको रगत बगाउने हात,+
१८ षड्यन्त्र रच्ने मन,+ खराब काम गर्न दौडिहाल्ने खुट्टा,
१९ कुरैपिच्छे* झूटो बयान दिने मानिस+
र दाजुभाइबीच झगडाको बिउ रोप्ने मानिस।+
२० हे मेरो छोरा, आफ्नो बुबाको आज्ञा मान
र आफ्नी आमाले सिकाएको कुरालाई बेवास्ता नगर।+
२१ त्यसलाई सधैँ आफ्नो हृदयमा राख
र आफ्नो गलामा हारझैँ बाँधिराख।
२२ जब तिमी हिँड्छौ, तब त्यो तिम्रो अघिअघि जानेछ;
जब तिमी सुत्छौ, तब त्यसले तिम्रो रक्षा गर्नेछ;
जब तिमी उठ्छौ, तब त्यसले तिमीसित कुरा गर्नेछ।*
२३ ती आज्ञाहरू तिम्रो लागि बत्ती हुन्;+
ती नियमहरू तिम्रो लागि ज्योति हुन्;+
तिमीलाई सुधार्न दिइने अनुशासन जीवन दिने बाटो हो।+
२४ ती कुराहरूले पतित आइमाईदेखि तिमीलाई जोगाउनेछ;+
चरित्रहीन* आइमाईको बोली सुनेर मक्ख पर्नदेखि बचाउनेछ।+
२५ त्यसको सौन्दर्य देखेर मोहित नहोऊ;+
त्यसको नशालु नयनमा तिमी लट्ठ नहोऊ।
२६ वेश्याको मायाजालमा फस्ने मानिस दरिद्र हुन्छ,+
अर्काकी स्वास्नीको पछि लाग्ने मानिसले आफ्नो अमूल्य जीवन गुमाउँछ।
२७ कसैले छातीमा आगो राख्यो भने उसको लुगा डढ्दैन र?+
२८ अनि कोही आगोको भुङ्ग्रोमा हिँड्यो भने उसको खुट्टा पोल्दैन र?
२९ छिमेकीकी पत्नीसित सुत्ने मानिसको हालत पनि यस्तै हुन्छ;
त्यस स्त्रीलाई छुने मानिस सजायबाट बच्नेछैन।+
३० कसैले आफ्नो भोक मेटाउन चोऱ्यो भने
त्यस चोरलाई मानिसहरू घृणा गर्दैनन्।
३१ तर ऊ समातियो भने उसले सात गुणा तिर्नुपर्छ,
आफ्नो घरमा भएको सारा सम्पत्ति उसले दिनुपर्छ।+
३२ व्यभिचार* गर्ने मानिस मूर्ख* हो;
त्यस्तो मानिसले आफैलाई बरबाद पार्छ।+
३३ उसले चोट र बेइज्जतीबाहेक केही पाउँदैन,+
उसको बदनामी कहिल्यै मेटिँदैन।+
३४ डाहले गर्दा पति रिसले आगो हुन्छ;
उसले कुनै दयामाया नदेखाई बदला लिन्छ।+
३५ उसले कुनै किसिमको क्षतिपूर्ति* स्विकार्दैन;
जति नै ठूलो उपहार दिए पनि उसलाई मनाउन सकिँदैन।