यसैया
४० तिमीहरूका परमेश्वर यसो भन्नुहुन्छ, “मेरा मानिसहरूलाई सान्त्वना देओ! सान्त्वना देओ!+
२ यरुसलेमलाई सान्त्वना देओ।
उसका दुःखका दिनहरू* सकिएका छन्
र उसले आफ्नो गल्तीको मोल चुकाइसकेको छ भनेर उसलाई बताओ।+
यहोवाको हातबाट उसले आफ्ना पापहरूको पूरा* हिसाब पाइसकेको छ।”+
३ उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ,
“यहोवाको बाटो तयार पार!+
हाम्रा परमेश्वरका लागि मरुभूमिमा सम्म परेको* मूलबाटो बनाऊ।+
४ हरेक बेँसी अग्लो बनाइयोस्।
हरेक पहाड र हरेक डाँडा होच्याइयोस्।
खाल्टाखुल्टी परेको बाटो सम्म पारियोस्
र खल्ड्याङखुल्डुङ परेको जमिनलाई समतल बनाइयोस्।+
६ सुन! कोही यसो भन्दै छ: “घोषणा गर!”
अर्कोले भन्छ: “म के घोषणा गरूँ?”
“सबै मानिस हरिया घाँसजस्तै छन्।
तिनीहरूको अटल प्रेम मैदानको फूलजस्तै छ।+
७ जब यहोवाको सास त्यसमाथि पर्छ,
तब हरियो घाँस सुक्छ
र फूल ओइलाउँछ।+
साँच्चै, मानिसहरू हरिया घाँस मात्र हुन्।
९ ए सियोनका लागि शुभसमाचार ल्याउने स्त्री!+
अग्लो पर्वतमा उक्ल।
ए यरुसलेमका लागि शुभसमाचार ल्याउने स्त्री!
ठूलठूलो स्वरले भन।
नडराऊ, आफ्नो आवाज ठूलो पार!
यहुदाका सहरहरूलाई यसो भन: “हेर! तिमीहरूका परमेश्वर यहाँ हुनुहुन्छ।”+
१० हेर! ब्रह्माण्डका मालिक यहोवा आफ्नो पराक्रमका साथ आउनुहुनेछ।
उहाँको बाहुलीले उहाँको तर्फबाट शासन गर्नेछ।+
हेर! उहाँ इनाम लिएर आउँदै हुनुहुन्छ
अनि उहाँले दिनुहुने ज्याला उहाँसितै छ।+
११ गोठालोले झैँ उहाँले आफ्नो बगालको हेरचाह गर्नुहुनेछ।+
आफ्नो पाखुराले उहाँले पाठाहरूलाई जम्मा गर्नुहुनेछ
र तिनीहरूलाई आफ्नो छातीमा बोक्नुहुनेछ।
दूध खुवाइरहेका माउहरूलाई चाहिँ उहाँले बिस्तारै-बिस्तारै डोऱ्याउनुहुनेछ।+
१२ कसले समुद्रको पानीलाई आफ्नो अँजुलीमा नापेको छ?+
अनि कसले आकाशलाई आफ्नो बित्ताले* नापेको छ?
कसले पृथ्वीको धुलोलाई नाप्ने भाँडोमा जम्मा गरेको छ?+
अथवा कसले पहाडहरूलाई तराजुमा तौलेको छ?
अनि कसले डाँडाहरूलाई जोखेको छ?
१४ समझ पाउन उहाँले कसको सल्लाह लिनुभयो?
अथवा कसले उहाँलाई न्यायको मार्गमा चल्न सिकायो?
कसले उहाँलाई ज्ञान दियो?
कसले उहाँलाई सही समझको मार्ग देखायो?+
१५ हेर! राष्ट्रहरू त उहाँको लागि बाल्टिनबाट चुहिएको पानीको थोपाजस्तै छन्;
उहाँको नजरमा तिनीहरू तराजुमा टाँसिएको धुलोजस्तै छन्।+
हेर! उहाँ टापुहरूलाई मसिनो धुलोलाई झैँ उठाउनुहुन्छ।
१६ लेबनानका सारा रूखहरू काटे पनि वेदीको आगो बालिरहन पुग्दैन
न त त्यहाँका सारा जङ्गली जनावर अग्निभेटी चढाउनलाई पुग्छ।
१७ सारा राष्ट्रहरू उहाँको नजरमा केही पनि होइनन्;+
उहाँको लागि तिनीहरू व्यर्थका छन्, मानौँ तिनीहरूको कुनै अस्तित्व नै छैन।+
१९ कालिगडले धातु पगालेर मूर्ति बनाउँछ।
सुनारले त्यसलाई सुनले मोहोर्छ+
अनि त्यसका लागि चाँदीका सिक्रीहरू बनाउँछ।
२० मानिसले मूर्ति बनाउन किराले नखाने रूख छान्छ+
अनि नढलीकन बस्ने मूर्ति बनाउन
उसले निपुण कालिगड खोज्छ।+
२१ के तिमीहरूलाई थाह छैन?
के तिमीहरूले सुनेका छैनौ?
के तिमीहरूलाई सुरुदेखि नै बताइएको थिएन र?
पृथ्वीको जग बसालिएको समयदेखि नै साबित भएको कुरा के तिमीहरूले बुझेका छैनौ?+
२२ परमेश्वर पृथ्वीको घेराभन्दा* माथि विराजमान हुनुहुन्छ+
र उहाँको नजरमा पृथ्वीका बासिन्दाहरू फट्याङ्ग्राजस्तै छन्।
उहाँ आकाशलाई पातलो पर्दाझैँ फिँजाउनुहुन्छ
र त्यसलाई पालझैँ फैलाउनुहुन्छ।+
२३ उहाँले उच्च अधिकारीहरूलाई तल झार्नुहुन्छ
र पृथ्वीका न्यायाधीशहरूलाई* धुलोको कण तुल्याइदिनुहुन्छ।
२४ तिनीहरूलाई रोप्न नपाउँदै,
तिनीहरूलाई छर्न नपाउँदै,
तिनीहरूले माटोमा जरा गाड्न नपाउँदै
तिनीहरूलाई बतासले हान्छ र तिनीहरू सुकिहाल्छन्।
हावाले तिनीहरूलाई ठोसोलाई झैँ उडाएर लैजान्छ।+
२५ पवित्र परमेश्वर यसो भन्नुहुन्छ, “तिमीहरू कोसित मेरो तुलना गर्छौ? कसलाई मेरो बराबरी सम्झन्छौ?
२६ आफ्नो आँखा उठाएर आकाशतिर हेर।
यी सब कसले बनाएका हुन्?+
उहाँले नै होइन र, जसले तिनीहरूका सेनालाई गन्ती गरेर बोलाउनुहुन्छ?
उहाँले तिनीहरूलाई नाम काढेरै बोलाउनुहुन्छ।+
उहाँको अथाह शक्ति र विस्मयकारी सामर्थ्यले गर्दा+
तिनीहरूमध्ये एउटै हराउँदैन।
२७ ए याकुब! तिमी किन यसो भन्छौ,
अनि ए इस्राएल! तिमी किन यस्तो घोषणा गर्छौ,
‘मेरो मार्ग यहोवादेखि लुकेको छ।
मैले परमेश्वरबाट इन्साफ पाएकै छैनँ’?+
२८ के तिमीलाई थाह छैन? के तिमीले सुनेका छैनौ?
पृथ्वीमा भएका सबै थोक बनाउनुहुने यहोवा सदाको लागि* परमेश्वर हुनुहुन्छ।+
उहाँ कहिल्यै थाक्नुहुन्न न त कहिल्यै गल्नुहुन्छ।+
उहाँको समझलाई कसैले बुझ्न सक्दैन।+
३० ठिटाहरू थाकेर शिथिल हुनेछन्
र युवकहरू ठक्कर खाएर लड्नेछन्।