यसैया
१ यहुदाका राजाहरू+ उज्जियाह,+ योताम,+ आहाज+ र हिजकियाहको+ शासनकालमा यहुदा र यरुसलेमबारे आमोजका छोरा यसैयाले*+ देखेको दर्शन:*
२ हे आकाश, सुन! हे पृथ्वी, ध्यान देऊ!+
यहोवाले यसो भन्नुभएको छ:
३ गोरुले आफ्नो मालिकलाई
अनि गधाले मालिकले दिएको डुँडलाई राम्ररी चिन्छ।
तर इस्राएलले भने मलाई* चिन्दैन।+
मेरा आफ्नै मानिसहरू समझ चलाउँदैनन्।”
तिमीहरूले यहोवालाई त्यागेका छौ;+
इस्राएलका पवित्र परमेश्वरको अनादर गरेका छौ
अनि उहाँलाई आफ्नो पिठिउँ फर्काएका छौ।
५ तिमीहरू मेरो विद्रोह गर्न छोड्दैनौ; अब म तिमीहरूलाई कहाँ प्रहार गरूँ?+
तिमीहरूको टाउको घावैघाउले भरिएको छ;
तिमीहरूको हृदय रोगले ग्रस्त छ।+
६ तिमीहरूको टाउकोदेखि पैतालासम्म घाउ नभएको ठाउँ नै छैन।
तिमीहरूको जीउभरि चोटैचोट, नीलडाम अनि खटिरैखटिरा छ।
त्यसको उपचार गरिएको छैन, त्यसमा पट्टी बाँधिएको छैन न त तेल नै घसिएको छ।+
७ तिमीहरूको देश उजाड भएको छ।
तिमीहरूका सहरहरू जलेका छन्।
विदेशीहरूले तिमीहरूकै आँखाअगाडि तिमीहरूको देश नाश गर्दै छन्।+
तिमीहरूको देश विदेशीहरूले ध्वस्त पारिदिएको उजाड भूमिजस्तै भएको छ।+
८ अङ्गुर बगानको झुप्रोजस्तै,
काँक्राबारीको छाप्रोजस्तै
९ सेनाहरूका यहोवाले हामीमध्ये केहीलाई जीवित नराख्नुभएको भए
हामी सदोमजस्तै हुने थियौँ
अनि हाम्रो हालत गमोराको जस्तै हुने थियो।+
१० ए सदोमका तानासाहहरू* हो!+ यहोवाको वचन सुन।
ए गमोराका मानिसहरू हो! हाम्रा परमेश्वरको व्यवस्थामा* ध्यान देओ।+
११ यहोवा यसो भन्नुहुन्छ, “तिमीहरूले चढाएका तीनथुप्रो बलिदान मलाई के काम?+
तिमीहरूले अग्निभेटीको* रूपमा चढाएका थुमाहरू+ र मोटाघाटा जनावरहरूको बोसोदेखि+ मलाई वाक्कै लागिसक्यो।
तिमीहरूले चढाएका बहरहरू,+ पाठाहरू र बोकाहरूको+ रगत मलाई फिटिक्कै मन पर्दैन।+
१३ व्यर्थका अन्नभेटी ल्याउन बन्द गर।
तिमीहरूले चढाएको धूपदेखि मलाई घिन लाग्छ।+
तिमीहरू औँसी+ अनि विश्रामदिन*+ मनाउँछौ र पवित्र सभाहरू राख्छौ।+
तिमीहरू चाडपर्वको लागि भेला हुन्छौ तर टुनामुना पनि गर्छौ;+ म यो सहन सक्दिनँ।
१४ म तिमीहरूले मनाउने औँसी र चाडपर्वलाई घृणा गर्छु।
ती मेरो लागि बोझ भएका छन्।
ती बोक्दा-बोक्दा म गलिसकेँ।
१५ तिमीहरूले मेरो अगाडि हात फैलाउँदा
म आँखा चिम्लन्छु।+
तिमीहरूले जति नै पुकारे+ तापनि
१७ असल काम गर्न सिक, न्याय गर।+
अत्याचारीहरूलाई सुधार।
अनाथहरूको* अधिकारको निम्ति लड
र विधवाको हकमा फैसला गरिदेओ।”+
१८ यहोवा यसो भन्नुहुन्छ: “आओ, हामी बसेर कुरा गरौँ।*+
तिमीहरूका पापहरू सिन्दूरे रङ्गका भए पनि
ती हिउँजस्तै सेता हुनेछन्।+
तिमीहरूका पापहरू गाढा राता रङ्गका कपडाजस्तै भए पनि
ती ऊनजस्तै सेता हुनेछन्।
१९ मेरो कुरा सुन्न राजी भयौ भने
तिमीहरूले यस देशका असल-असल थोक खान पाउनेछौ।+
२० तर मेरो कुरा सुनेनौ र विद्रोही भयौ भने
तिमीहरू तरबारको सिकार हुनेछौ।+
किनकि म यहोवाले नै यो कुरा भनेको हुँ।”
२१ हेर! त्यो वफादार सहर+ वेश्या+ भएकी छे।
२३ तिम्रा शासकहरू हठी छन् र चोरहरूसँग मिलेका छन्।+
तिनीहरू सबै जना घुस खान मन पराउँछन् र उपहार लिन तँछाडमछाड गर्छन्।+
२४ त्यसैले साँचो परमेश्वर, सेनाहरूका यहोवा,
इस्राएलका शक्तिशाली परमेश्वर यस्तो घोषणा गर्नुहुन्छ:
“म आफ्ना विरोधीहरूलाई नाश गर्नेछु,
आफ्ना शत्रुहरूसित बदला लिनेछु।+
२५ म तिमीविरुद्ध आफ्नो हात उठाउनेछु,
चाँदीलाई पगालेर त्यसको कसर फालेजस्तै
म तिम्रा अशुद्ध कुराहरू पूरै हटाइदिनेछु।+
त्यसपछि तिमी ‘धार्मिकताको सहर,’ ‘विश्वासयोग्य सहर’+ भनेर चिनिनेछौ।
२७ सियोनलाई न्यायको आधारमा
अनि फर्केर आउने त्यसका बासिन्दाहरूलाई चाहिँ धार्मिकताको आधारमा मुक्त गरिनेछ।+
२९ जुन बडेमाका रूखहरूको तिमी चाह गर्थ्यौ, त्यही रूखहरूले गर्दा तिमी लाजमा पर्नेछौ।+
जुन बगैँचाहरू तिमीले छानेका थियौ, त्यही बगैँचाहरूले* गर्दा तिम्रो बेइज्जत हुनेछ।+
३० पातहरू सबै सुकेका ठूलो रूखजस्तै तिमी हुनेछौ,+
पानी नभएको बगैँचाजस्तै हुनेछौ।
३१ बलियो मानिस सलेदोजस्तै हुनेछ
र उसको काम आगोको झिल्कोजस्तै हुनेछ।
ती दुवै एकसाथ जल्नेछन्।
तिनीहरूलाई निभाउने कोही हुनेछैन।”