भजनसङ्ग्रह
निर्देशकलाई; गित्तिथमा* मिलाउने। कोरहवंशीको+ एउटा भजन।
२ तपाईँको चोकमा जान
म एकदमै इच्छा गर्छु;
त्यसको तिर्सनाले म मुर्छा पर्न लागिसकेँ।+
मेरो तन र मन दुवैले चर्को स्वरमा जीवित परमेश्वर यहोवाको जयजयकार गाउँछ।
३ हे मेरा परमेश्वर र मेरा राजा;
हे सेनाहरूका परमेश्वर यहोवा, तपाईँको भव्य वेदीसामु
चराचुरुङ्गी पनि बास गर्छन्,
गौँथलीले त्यहाँ गुँड बनाउँछे
अनि आफ्ना बचेराहरूलाई त्यहीँ हुर्काउँछे।
४ आनन्दित हुन् ती मानिसहरू, जसले तपाईँको भवनमा बास गर्छन्;+
तिनीहरू निरन्तर तपाईँको प्रशंसा गर्छन्।+ (सेला)
५ आनन्दित हुन् ती मानिसहरू, जसले तपाईँबाट बल पाउँछन्;+
जसले आफ्नो मन तपाईँको भवनतिर जाने बाटोमा लगाएका छन्।
६ तिनीहरू बाका बेँसी* भएर जाँदा
त्यहाँ पानीका मूलहरू बग्छन्;
अघिल्लो वर्षा आशिष् भएर त्यस इलाकामा बर्सन्छ।
७ यात्रा गर्दै जाँदा तिनीहरूले झन्झनै बल पाउँछन्;+
तिनीहरूमध्ये प्रत्येक नै सियोनमा परमेश्वरसामु हाजिर हुन्छन्।
८ हे यहोवा, सेनाहरूका परमेश्वर, मेरो बिन्ती सुन्नुहोस्;
हे याकुबका परमेश्वर, मेरो कुरा सुन्नुहोस्। (सेला)
१० तपाईँको मन्दिरको चोकमा बिताएको १ दिन अरू ठाउँमा बिताएको १,००० दिनभन्दा उत्तम हुन्छ!+
दुष्टको पालमा बस्नुभन्दा त
तपाईँको भवनको ढोके हुनु नै मलाई मन पर्छ।