श्रेष्ठगीत
३ “रातैपिच्छे ओछ्यानमा ढल्कँदा
म आफ्नो प्रेमीलाई सम्झेर छटपटाएँ।+
मैले उसलाई खोजेँ तर फेला पार्न सकिनँ।+
२ म उठेर उसलाई सहरमा खोज्न निस्कनेछु;
गल्ली-गल्ली र चोकहरूमा,
म आफ्नो प्रेमीलाई खोज्नेछु।
मैले उसलाई खोजेँ तर फेला पारिनँ।
३ सहरमा गस्ती गरिरहेका पहरेदारहरूले मलाई भेट्टाए+
अनि मैले सोधेँ, ‘मेरो प्रेमीलाई कतै देख्नुभयो कि?’
४ तर म अलि पर मात्र के पुगेकी थिएँ,
मैले मेरो प्रियलाई फेला पारेँ।
मैले उसलाई च्याप्प समातेँ
र उसलाई मेरी आमाको घरमा,
मलाई जन्म दिने आमाको कोठामा नल्याएसम्म छोड्दै छोडिनँ।+
५ हे यरुसलेमका छोरीहरू हो, म तिमीहरूलाई
मृग र मुडुली मृगको नाममा कसम खान लगाउँछु:
मैले नचाहेसम्म ममा प्रेमराग जगाउने कोसिस नगर।”+
६ “निर्जनभूमिबाट धुवाँको मुस्लोजस्तो केही उठिरहेको छ,
व्यापारीले ल्याएको मर्र* र सेतो धूपजस्तो,*
थरिथरिका सुगन्धित जडीबुटीको बास्ना आइरहेको छ।”+
७ “हेर! सुलेमानको पाल्की आउँदै छ,
इस्राएलका साठी जना वीर पुरुषले
त्यसलाई चारैतिरबाट घेरेका छन्।+
८ तिनीहरू सबैले तरबार भिरेका छन्,
तिनीहरू लडाइँ गर्नमा पोख्त छन्,
रातमा हर खतरासित जुझ्न
तिनीहरूले कम्मरमा तरबार भिरेका छन्।”
९ “त्यो पाल्की राजा सुलेमानको हो।
लेबनानको काठबाट तिनी आफैले त्यो बनाउन लगाएका हुन्।+
१० त्यसका डन्डीहरू चाँदीको,
त्यसको आसन सुनको हो।
११ “हे सियोनका छोरीहरू हो, बाहिर निस्क,
शिरमा फूलको पगरी लगाएका राजा सुलेमानलाई हेर,
तिनकी आमाले गुथेको त्यो पगरी विवाहको दिन तिनको शिरमा सजिएको थियो,+
त्यस दिन तिनको हृदय खुसी नै खुसीले भरिएको थियो।”