भजनसङ्ग्रह
दाउदले रचेको भजन।
१४३ हे यहोवा, मेरो प्रार्थना सुन्नुहोस्;+
मदतको लागि मैले गरेको पुकारा सुन्नुहोस्।
मलाई जवाफ दिनुहोस् किनकि तपाईँ वफादार र न्यायी हुनुहुन्छ।
३ शत्रुले मलाई खेदेको छ;
त्यसले मलाई कुल्चीमिल्ची गरेर मेरो ज्यान लिएको छ।
त्यसले मलाई अन्धकारमा रहन बाध्य पारेको छ, म उहिल्यै मरिसकेका मानिसहरूजस्तै भएँ।
६ म तपाईँसामु आफ्नो हात फैलाउँछु;
सुक्खा जमिनले पानीको तिर्सना गरेझैँ म तपाईँको तिर्सना गर्छु।+ (सेला)
८ बिहानीपख मैले तपाईँको अटल प्रेमबारे सुन्न पाऊँ
किनकि म तपाईँमा भरोसा गर्छु।
म हिँड्नुपर्ने बाटो मलाई देखाइदिनुहोस्+
किनकि म तपाईँतिरै फर्कन्छु।
१० तपाईँको इच्छाअनुसार गर्न मलाई सिकाउनुहोस्+
किनकि तपाईँ नै मेरा परमेश्वर हुनुहुन्छ।
तपाईँको पवित्र शक्ति भला छ,
त्यसले मलाई समतल जमिनमा* डोऱ्याओस्।
११ हे यहोवा, तपाईँको नामको खातिर मलाई जीवितै राख्नुहोस्।
मलाई दुःखबाट छुटाउनुहोस् किनकि तपाईँ न्यायी हुनुहुन्छ।+