यसैया
२ यहोवाको शक्ति तिनमा बास गर्नेछ।+
त्यसैले तिनी बुद्धिमान्+ र समझदार हुनेछन्।
तिनी असल सल्लाहकार हुनेछन् र शक्तिशाली+ हुनेछन्।
तिनी ज्ञानले भरिपूर्ण हुनेछन् र तिनले यहोवाको भय मान्नेछन्।
३ यहोवाको भय मान्न पाउँदा तिनी रमाउनेछन्।+
आँखाले देखेको भरमा मात्र तिनले कसैको इन्साफ गर्नेछैनन्।
अनि कानले सुनेको भरमा कसैलाई सच्याउनेछैनन्।+
४ तिनले कुनै पक्षपात नगरी गरिबहरूको इन्साफ गर्नेछन्।
पृथ्वीमा नम्रहरूको भलो होस् भनेर तिनले ठीकसित सच्याउनेछन्।
५ धार्मिकतालाई तिनले आफ्नो कम्मरमा पटुकाझैँ बाँध्नेछन्
अनि वफादारीलाई आफ्नो कम्मरपेटी बनाउनेछन्।+
अनि चितुवा बाख्राको पाठोसित ढल्कनेछ।
सिंह, बाछो र मोटोघाटो जनावर सँगसँगै रहनेछन्।*+
अनि एउटा सानो बालकले तिनीहरूलाई डोऱ्याउनेछ।
७ गाई र भालु सँगसँगै चर्नेछन्
अनि तिनीहरूका बच्चाहरू सँगै ढल्केर बस्नेछन्।
सिंहले गोरुले झैँ पराल खानेछ।+
८ दूधे-बालक गोमन सर्पको दुलोनजिकै खेल्नेछ
र भर्खरै दूध छोडेको बालकले विषालु सर्पको दुलोमा हात हाल्नेछ।
९ मेरो पवित्र डाँडामा
तिनीहरूले कुनै हानि गर्नेछैनन्+
किनकि समुद्र पानीले भरिएझैँ
पृथ्वी यहोवाको ज्ञानले भरिनेछ।+
जातिजातिका मानिसहरूले तिनको डोऱ्याइ खोज्नेछन्+
अनि तिनको वासस्थान महिमाले भरिनेछ।
११ त्यस दिन यहोवाले दोस्रो पटक आफ्नो हात पसार्नुहुनेछ। अस्सेरिया,+ मिश्र,+ पाथ्रोस,+ कुस,+ एलाम,+ सिनार,* हमाथ र समुद्रका टापुहरूमा बाँकी रहेका आफ्ना मानिसहरूलाई जम्मा गर्न उहाँले हात पसार्नुहुनेछ।+ १२ जातिजातिका मानिसहरूमाझ उहाँले झन्डा ठड्याउनुहुनेछ+ अनि इस्राएल र यहुदाबाट पृथ्वीको चारै कुनामा छरिएकाहरूलाई एकै ठाउँमा भेला गर्नुहुनेछ।+
१३ एप्रैमले ईर्ष्या गर्न छोड्नेछ+
अनि यहुदासित दुस्मनी राख्नेहरू सबै नामेट पारिनेछन्।
एप्रैमले यहुदालाई देखेर डाह गर्नेछैन
अनि यहुदाले पनि एप्रैमसित दुस्मनी मोल्नेछैन।+
१४ तिनीहरू पश्चिमतिर पलिस्तियालीहरूको भिरालो ठाउँमा वेगसित हानिनेछन्।
तिनीहरूले एकसाथ पूर्वका मानिसहरूलाई लुट्नेछन्।
१५ यहोवाले मिश्रको समुद्रको खाडीलाई भाग-भाग पार्नुहुनेछ।*+
उहाँले युफ्रेटिस नदीमाथि आफ्नो हात उठाउनुहुनेछ।+
आफ्नो तातो सासले त्यसका सात वटा खोलालाई आक्रमण गर्नुहुनेछ
अनि मानिसहरूले जुत्ता लगाएरै नदी तर्न सक्नेछन्।