भजनसङ्ग्रह
ל [लामेद]
१० हे यहोवा, तपाईँ किन टाढै उभिनुहुन्छ?
म विपत्मा परेको बेला तपाईँ किन लुक्नुहुन्छ?+
३ दुष्टले आफ्ना स्वार्थी इच्छाहरूमा फुर्ती गर्छ+
अनि लोभीलाई आशिष् दिन्छ;*
נ [नुन]
उसले यहोवाको आदर गर्दैन।
४ आफ्नो घमन्डको कारण दुष्टले परमेश्वरको खोजी गर्दैन;
उसले मनमनै भन्छ: “परमेश्वर हुनुहुन्न।”+
६ उसले मनमनै भन्छ: “म कहिल्यै डग्नेछैनँ;*
पुस्तौँसम्म पनि
मैले कहिल्यै विपत्ति भोग्नुपर्नेछैन।”+
פ [पे]
कसलाई सिकार बनाऊँ भनेर ऊ पर्खिबस्छ।+
९ झाडीमा लुकेर दाउ हेर्ने सिंहझैँ ऊ ढुकेर बस्छ।+
असहायलाई पासोमा पार्न ऊ पर्खेर बस्छ
अनि जालमा पर्नेबित्तिकै डोरी तानेर उसले त्यसलाई फसाउँछ।+
१० उसले आफ्नो सिकारलाई पेल्छ र जमिनमा पछार्छ;
निर्दोषहरू उसको बलियो पन्जामा पर्छन्।
११ दुष्टले मनमनै भन्छ: “परमेश्वरले बिर्सनुभयो।+
उहाँले आफ्नो अनुहार फर्काउनुभएको छ।
उहाँले कहिल्यै देख्नुहुन्न।”+
ק [कोफ]
१३ दुष्टले किन परमेश्वरको अनादर गर्छ?
उसले मनमनै भन्छ: “परमेश्वर मेरो लेखा लिनुहुन्न।”
ר [रेश]
१४ तर तपाईँ दुःख र वेदना देख्नुहुन्छ।
तपाईँ त्यो हेर्नुहुन्छ र मामिला आफ्नै हातमा लिनुहुन्छ।+
जालमा परेको त्यो मानिसले तपाईँकै बाटो हेर्छ;+
ש [शिन]
१५ दुष्ट र कुकर्मीको हात भाँचिदिनुहोस्,+
उसले खराब काम गर्न नसकोस्,
उसको दुष्कर्म खोज्दा पनि भेट्टाउन नसकियोस्
१६ यहोवा सदासर्वदा राजा हुनुहुन्छ।+
जातिजातिका मानिस पृथ्वीबाट नाश भए।+
ת [ताव]