भजनसङ्ग्रह
निर्देशकलाई; मुथ-लाब्बेनमा* मिलाउने। दाउदले रचेको भजन।
א [आलेफ]
९ हे यहोवा, सारा हृदयले म तपाईँको प्रशंसा गर्नेछु;
तपाईँका आश्चर्यलाग्दा कामहरू सबै म अरूलाई बताउँछु।+
२ तपाईँको साथ पाएकोमा म रमाउनेछु र तपाईँको जयजयकार गर्नेछु;
ב [बेथ]
३ मेरा शत्रुहरू तपाईँबाट भाग्दा+
तिनीहरूले ठेस खानेछन् र तिनीहरू नाश हुनेछन्।
४ तपाईँले मेरो पक्षमा निसाफ गरिदिनुभएको छ र मेरो रक्षा गर्नुभएको छ;
तपाईँ सिंहासनमा विराजमान हुनुहुन्छ र सही न्याय गर्नुहुन्छ।+
ג [गिमेल]
५ तपाईँले जातिजातिलाई हप्काउनुभएको छ+ र दुष्टलाई नाश गर्नुभएको छ,
तिनीहरूको नाम तपाईँले सदाको लागि मेटिदिनुभएको छ।
६ शत्रुचाहिँ सदाको लागि नाश भएको छ;
तपाईँले तिनीहरूको सहरलाई तहसनहस पारिदिनुभएको छ
र तिनीहरूलाई कसैले सम्झनेछैन।+
ה [हे]
ו [वाव]
९ थिचोमिचोमा परेकाहरूका लागि यहोवा शरणस्थान* हुनुहुन्छ,+
उहाँ विपत्तिको बेला शरण लिने ठाउँ हुनुहुन्छ।+
१० तपाईँको नाम थाह पाउनेहरूले तपाईँमै भरोसा गर्नेछन्;+
हे यहोवा, तपाईँलाई खोज्नेहरूलाई तपाईँ कहिल्यै त्याग्नुहुन्न।+
ז [जयिन]
११ सियोनमा विराजमान यहोवाको स्तुति गाओ;
उहाँका कामहरूबारे मानिसहरूलाई बताओ।+
१२ उहाँले मारिएकाहरूको रगतको बदला लिनुहुनेछ र तिनीहरूलाई कहिल्यै बिर्सनुहुनेछैन;+
कष्टमा परेकाहरूको वेदना उहाँले कहिल्यै बिर्सनुहुनेछैन।+
ח [हेत]
१३ हे यहोवा, मलाई मृत्युको ढोकाबाट उठाउने तपाईँ नै हुनुहुन्छ;+
ममाथि दया गर्नुहोस्; मलाई घृणा गर्नेहरूले दिएको दुःख हेर्नुहोस्
१४ ताकि म तपाईँका महान् कामहरूबारे सियोनकी छोरीका* ढोकाहरूमा घोषणा गर्न सकूँ+
र तपाईँले दिनुहुने छुटकारामा रमाउन सकूँ।+
ט [टेथ]
१५ जातिजातिहरू आफैले खनेको खाल्टोमा जाकिएका छन्;
आफूले थापेको जालमा तिनीहरूको आफ्नै खुट्टा परेको छ।+
१६ यहोवाले दिनुहुने सजायबाट उहाँ कस्तो परमेश्वर हुनुहुन्छ भनेर देखिन्छ।+
दुष्टको कर्तुत नै उसको लागि पासो बनेको छ।+
हिग्गायोन।* (सेला)
י [योद]
१७ दुष्टचाहिँ चिहानमा* फर्किजानेछ,
परमेश्वरलाई बिर्सने जातिहरूको हालत पनि त्यस्तै हुनेछ।
כ [काफ]
१९ हे यहोवा, उठ्नुहोस्! तुच्छ मानिस विजयी हुन नपाओस्।
तपाईँकै सामुन्ने जातिजातिको फैसला होस्।+
२० हे यहोवा, तिनीहरूलाई भयभीत पार्नुहोस्,+
मानिस कति तुच्छ रहेछ भनेर जातिजातिले बुझून्। (सेला)