भजनसङ्ग्रह
दाउदको रचना। मास्किल।*
३२ आनन्दित हो त्यो मानिस, जसको गल्ती क्षमा गरिएको छ, जसको पाप ढाकिएको छ।+
३ म चुप रहँदा दिनभरिको मेरो रोदनले मेरा हड्डीहरू मक्किए।+
४ किनकि दिनरात तपाईँको हातको* भार ममाथि रह्यो।+
गर्मी यामको प्रचण्ड तापले पानी सुकेझैँ मेरो बल सुकेको छ। (सेला)
५ आखिरमा मैले आफ्नो पाप तपाईँसामु स्विकारेँ;
मैले आफ्नो गल्ती लुकाइनँ।+
मैले भनेँ: “म आफ्ना अपराधहरू यहोवासामु स्विकार्छु।”+
अनि तपाईँले मेरो गल्ती, मेरो पाप क्षमा गर्नुभयो।+ (सेला)
६ त्यसैले जबसम्म तपाईँलाई भेट्टाउन सम्भव छ,+
तबसम्म हरेक वफादार मानिसले तपाईँलाई पुकार्नेछ+
अनि बाढीले समेत उसलाई भेट्नेछैन।
७ तपाईँ मेरो लुक्ने ठाउँ हुनुहुन्छ;
तपाईँले मलाई सङ्कष्टबाट जोगाउनुहुनेछ।+
तपाईँले मलाई छुटकारा दिएर मेरो चारैतिर हर्षको स्वर गुञ्जाउनुहुनेछ।+ (सेला)
८ “म तिमीलाई समझ* दिनेछु र तिमी हिँड्नुपर्ने बाटोमा तिमीलाई डोऱ्याउनेछु।+
तिमीमाथि नजर राखेर म तिमीलाई सल्लाह दिनेछु।+
९ समझ नभएको घोडा वा खच्चरजस्तो नहोओ,+
जसलाई काबूमा राख्न लगाम र करेली* चाहिन्छ
अनि मात्र त्यो तिम्रो नजिक आउँछ।”
११ हे धर्मी मानिसहरू हो, यहोवाको साथ पाएकोमा रमाहट गर र खुसी होओ;
हे सोझो मन भएकाहरू हो, खुसीले कराओ।