गन्ती
१२ मरियम र हारुनले मोसाविरुद्ध गनगन गर्न थाले किनकि तिनले एउटी कुसी* स्त्रीलाई आफ्नी पत्नी बनाएका थिए।+ २ तिनीहरूले यसो भने: “यहोवा परमेश्वरले मोसामार्फत मात्र बोल्नुभएको छ र? के उहाँले हामीमार्फत पनि बोल्नुभएको छैन र?”+ यो कुरा यहोवा परमेश्वरले सुनिरहनुभएको थियो।+ ३ मोसा पृथ्वीभरिमा सबैभन्दा नम्र मानिस थिए।+
४ यहोवा परमेश्वरले तुरुन्तै मोसा, हारुन र मरियमलाई यसो भन्नुभयो: “तिमीहरू तीनै जना भेट हुने पालमा* जाओ।” अनि तिनीहरू सबै त्यहाँ गए। ५ अनि यहोवा परमेश्वर बादलको खामोको रूपमा तल ओर्लनुभयो+ र भेट हुने पालको प्रवेशद्वारमा उभिनुभयो। त्यसपछि उहाँले हारुन र मरियमलाई बोलाउनुभयो। अनि तिनीहरू दुवै जना अगाडि आए। ६ त्यसपछि उहाँले भन्नुभयो: “कृपया मेरो कुरा सुन। तिमीहरूमाझ यहोवा परमेश्वरको कोही भविष्यवक्ता भएको भए म ऊसित दर्शनमा* प्रकट हुने थिएँ + र सपनामा कुरा गर्ने थिएँ।+ ७ तर मेरो सेवक मोसासित भने म त्यसरी कुरा गर्दिनँ। मैले इस्राएलीहरूको सारा घराना नै तिनको जिम्मामा सुम्पेको छु।+ ८ म तिनीसित आमनेसामने कुरा गर्छु,+ खुलस्त कुरा गर्छु, उखान-टुक्कामा गर्दिनँ अनि तिनले यहोवा परमेश्वरलाई प्रत्यक्ष देख्छन्। त्यसैले तिमीहरूले मेरो सेवक मोसाविरुद्ध गनगन गर्ने आँट कसरी गऱ्यौ?”
९ यसकारण यहोवा परमेश्वरको क्रोध तिनीहरूमाथि दन्क्यो र उहाँ त्यहाँबाट जानुभयो। १० भेट हुने पालमाथि भएको बादल त्यहाँबाट हट्यो र हेर! कुष्ठरोग लागेर मरियम हिउँजस्तै सेती भइन्।+ त्यसपछि हारुनले मरियमतिर फर्केर हेर्दा उनलाई कुष्ठरोग लागिसकेको थियो।+ ११ यो देख्नेबित्तिकै हारुनले मोसालाई भने: “हे प्रभु! बिन्ती छ, कृपया हामीलाई यो पापको सजाय नदिनुहोस्। हामीले एकदमै मूर्ख काम गऱ्यौँ। १२ दिदीलाई आमाको गर्भमै मरेर कुहिसकेको बच्चाको जस्तो अवस्थामा नछोड्नुहोस्!” १३ अनि मोसाले यहोवा परमेश्वरलाई यसरी पुकारे: “हे परमेश्वर, बिन्ती छ, दिदीलाई निको पारिदिनुहोस्! कृपया निको पारिदिनुहोस्!”+
१४ यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “यदि मरियमलाई उनको बुबाले अनुहारमै थुकेको भए के सात दिनसम्म उनको बेइज्जत हुने थिएन र? त्यसैले सात दिनसम्म उनलाई छाउनीबाहिर एक्लै राख्नू।+ त्यसपछि मात्र उनलाई छाउनीमा ल्याउनू।” १५ त्यसैले मरियमलाई सात दिनसम्म छाउनीबाहिर एक्लै राखियो+ अनि उनलाई छाउनीमा नफर्काउन्जेल मानिसहरूले यात्रा अघि बढाएनन्। १६ त्यसपछि मानिसहरू हजेरोथबाट हिँडे+ र पारान भनिने निर्जनभूमिमा पाल टाँगे।+