हितोपदेश
१ दाउदका छोरा,+ इस्राएलका राजा+ सुलेमानले दिएको हितोपदेश:*+
२ यसले बुद्धि बढाउन+ र अनुशासन स्विकार्न,
ज्ञानगुनका कुराहरू बुझ्न;
अनि धर्मी,*+ निष्पक्ष+ र इमानदार बनाउने अनुशासन+ स्विकार्न;
युवाहरूलाई सोच्ने क्षमता+ र ज्ञान हासिल गर्न मदत गर्छ।
५ बुद्धिमान् मानिसले सल्लाह सुन्छ र अझ धेरै कुरा सिक्छ;+
समझदार मानिसले भरपर्दो डोऱ्याइ खोज्छ।+
६ यस्तो मानिसले ज्ञानगुनका कुरा र गहिरा कुरा
अर्थात् बुद्धिमान्का वचन र उखान-टुक्का* बुझ्ने प्रयास गर्छ।+
७ यहोवाको डर मान्नु ज्ञानको सुरुवात हो।+
मूर्खले मात्र बुद्धि र अर्तीलाई तुच्छ ठान्छ।+
१० हे मेरो छोरा, दुष्टहरूले फकाउन खोज्दा तिनीहरूको पछि नलाग।+
११ तिनीहरूले भन्लान्: “हामीसित आऊ,
निर्दोषहरूलाई मार्न पासो थापौँ।
तिनीहरूलाई मार्न ढुकिबसौँ।
१३ तिनीहरूको बहुमूल्य धनमाल सबै लुटौँ;
लुटका मालले हामी आफ्नो घर भरौँ।
१४ आऊ, हामीसँगै आऊ
अनि लुटका माल बराबर बाँडौँला।”
१५ हे मेरो छोरा, तिनीहरूको पछि नलाग।
तिनीहरूको बाटोमा नहिँड+
१६ किनकि तिनीहरू* खराब काम गर्न हतारिन्छन्;
मानिसको ज्यान लिन आतुरी गर्छन्।+
१७ चराको आँखाअगाडि जाल थाप्नु बेकार हो।
१८ त्यसैले तिनीहरू मान्छे मार्न ढुकिबस्छन्;
अरूको ज्यान लिन तिनीहरू लुकिबस्छन्।
२० बाटोमा बसेर बुद्धिले*+ ठूलो स्वरले बोलाउँछ।+
चोकहरूमा उसले आफ्नो आवाज अझै उचाल्छ।+
२१ व्यस्त सडकको कुनामा* बसेर ऊ कराउँछ।
सहरको मूलढोकामा बसेर उसले यसो भन्छ:+
२२ “हे अनुभवहीन हो, कतिन्जेल त्यस्तै रहिरहन चाहन्छौ?
हे गिल्ला गर्ने हो, कतिन्जेल गिल्ला गर्दै बस्छौ?
अनि हे मूर्ख हो, कतिन्जेल मूर्खै रहन चाहन्छौ?+
२३ मैले तिमीलाई सुधार्दा त्यसलाई स्विकार,+
तब तिमीलाई म बुद्धिमान् बनाउनेछु
अनि तिमीलाई ज्ञान दिनेछु।+
२४ मैले बोलाएँ तर तिमीले सुन्न चाहेनौ;
मैले हात बढाएँ तर कसैले वास्ता गरेन;+
२५ तिमीले मेरो एउटै सल्लाह सुनेनौ;
मैले सुधार्दा इन्कार गरिरह्यौ;
२६ तिमीमाथि दु:ख आइपर्दा म हाँस्नेछु;
तिमीलाई जुन कुराको डर थियो, तिमीले त्यही भोग्दा म खिसी गर्नेछु;+
२७ तिमीलाई जुन कुराको डर थियो, त्यो आँधीबेहरीझैँ आइपर्दा,
तिमीमाथि हुरीबतास आएझैँ सङ्कट आइपर्दा,
तिमीमाथि दुःख र समस्या आइपर्दा म खिसी गर्नेछु।
२८ त्यतिखेर तिनीहरूले मलाई गुहार्नेछन् तर म जवाफ दिनेछैनँ;
तिनीहरूले मलाई धुइँधुइँती खोज्नेछन् तर भेट्टाउनेछैनन्+
२९ किनकि तिनीहरूले ज्ञानलाई घृणा गरे+
अनि यहोवाको डर मान्न चाहेनन्।+
३० तिनीहरूले मेरो सल्लाह सुनेनन्;
मैले सुधार्दा तिनीहरूले वास्तै गरेनन्।
३१ तिनीहरूले आफ्नो कामको फल पाउनेछन्;+
आफूले खनेको खाल्टोमा आफै पर्नेछन्।
३२ गलत बाटोमा हिँड्ने अनुभवहीनहरूको पतन हुनेछ;
आफ्नो लापर्बाहीले गर्दा मूर्खहरूको विनाश हुनेछ।