यर्मिया
१ बिन्यामिनीहरूको इलाका अनातोतमा+ बस्ने हिल्कियाह, जो पुजारीहरूमध्ये एक थिए, तिनका छोरा यर्मियाकहाँ* आएको परमेश्वरको वचन। २ यहुदाका राजा अमोनका+ छोरा योसियाहको शासनकालको+ १३ औँ वर्षमा यहोवाको वचन यर्मियाकहाँ आयो। ३ साथै यहुदाका राजा योसियाहका छोरा यहोयाकिमको शासनकालदेखि+ तिनका अर्का छोरा सिदकियाहको शासनकालको+ ११ औँ वर्षको पाँचौँ महिनासम्म अर्थात् यरुसलेमका बासिन्दाहरूलाई कैदी बनाएर लगिएको समयसम्म पनि परमेश्वरको वचन यर्मियाकहाँ आयो।+
४ यहोवाको यो वचन मकहाँ आयो:
५ “मैले तिमीलाई आमाको गर्भमा रच्नुअघि नै चिनेको थिएँ,*+
तिमी जन्मनुअघि नै मैले तिमीलाई रोजेँ।+
जातिजातिहरूको भविष्यवक्ता हुन मैले तिमीलाई नियुक्त गरेँ।”
६ तर मैले भनेँ, “हे ब्रह्माण्डका मालिक यहोवा!
म त राम्रोसँग बोल्न पनि जान्दिनँ;+ म सानै छु।”+
७ अनि यहोवाले मलाई भन्नुभयो:
“‘म सानै छु’ नभन।
म तिमीलाई ज-जसकहाँ पठाउँछु, ती सबैकहाँ तिमी जानुपर्छ
र मैले तिमीलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई सुनाउनुपर्छ।+
किनकि म यहोवा यसो भन्छु, ‘तिमीलाई बचाउन म तिम्रो साथमा छु।’”+
९ त्यसपछि यहोवाले आफ्नो हात पसारेर मेरो मुख छुनुभयो।+ अनि यहोवाले मलाई यसो भन्नुभयो: “मैले मेरो वचन तिम्रो मुखमा राखिदिएको छु।+ १० हेर, मैले आज तिमीलाई देश-देश र राज्य-राज्यमाथि अधिकार दिएको छु। जातिजातिलाई उखेल्ने र भत्काउने, विनाश गर्ने र धुजा-धुजा पार्ने अनि रोप्ने र निर्माण गर्ने अधिकार।”+
११ फेरि यहोवाको यो वचन मकहाँ आयो: “यर्मिया, तिमीले के देख्यौ?” मैले भनेँ: “कागजी बदामको रूखको* हाँगो।”
१२ यहोवाले भन्नुभयो: “तिमीले ठीक भन्यौ। म आफ्नो वचन पूरा गर्न त्यसरी नै जागा बस्छु।”
१३ दोस्रो चोटि यहोवाको यो वचन मकहाँ आयो: “तिमीले के देख्यौ, यर्मिया?” मैले भनेँ: “आगोमा बसालिएको खड्कुँलो। त्यो उत्तरबाट दक्षिणतिर ढल्केको छ।” १४ त्यसपछि यहोवाले मलाई भन्नुभयो:
“यस भूमिमा बास गर्ने सबैमाथि
उत्तरबाट ठूलो विपत्ति आउनेछ।+
१५ किनकि ‘म उत्तरतिरका राज्यहरूबाट सबै जातिलाई बोलाउनेछु,’ यहोवा घोषणा गर्नुहुन्छ।+
‘अनि उनीहरू आउनेछन् र आ-आफ्नो सिंहासन
यरुसलेमका मूलढोकाहरूमा बसाल्नेछन्।+
उनीहरूले त्यसका पर्खालहरूलाई
अनि यहुदाका सबै सहरलाई आक्रमण गर्नेछन्।+
१६ अनि म यरुसलेम र यहुदाका सहरहरूले गरेको कुकर्मको कारण तिनीहरूविरुद्ध फैसला सुनाउनेछु
किनकि तिनीहरूले मलाई त्यागेका छन्,+
अरू देवताहरूका लागि आगोमा बलि चढाएका छन्+
अनि आफ्नै हातले बनाएका कुराहरूलाई दण्डवत् गरेका छन्।’+
१७ तर तिमीचाहिँ आफ्नो कम्मर कस
अनि खडा भएर मैले भनेको सबै कुरा तिनीहरूलाई सुनाऊ।
तिनीहरूदेखि नडराऊ,+
नत्र त म नै तिमीलाई तिनीहरूदेखि त्रसित पार्नेछु।
१८ यो सारा देश अर्थात् यहुदाका सबै राजा तथा भारदारहरू,
त्यसका पुजारीहरू र प्रजाविरुद्ध उभिन+
आज मैले तिमीलाई फलामको खामो अनि तामाको पर्खालसरि+
अनि पर्खालले घेरिएको सहरसरि तुल्याएको छु।
१९ तिनीहरूले अवश्य तिमीसित युद्ध गर्नेछन्
तर तिनीहरूले तिमीलाई हराउनेछैनन्
किनकि ‘तिमीलाई बचाउन म तिम्रो साथमा छु,’+ यहोवा घोषणा गर्नुहुन्छ।”