अय्युब
३८ त्यसपछि यहोवाले आँधीबेहरीको बीचबाट अय्युबलाई जवाफ दिनुभयो:+
३ हे मानिस, मर्दझैँ खडा होऊ!
अनि मेरो प्रश्नको जवाफ देऊ।
४ मैले पृथ्वीको जग बसाल्दा तिमी कहाँ थियौ?+
तिमीलाई थाह छ भने मलाई जवाफ देऊ।
५ अब भन, कसले पृथ्वीको सीमा तोक्यो?
अथवा कसले नाप्ने डोरी लिएर पृथ्वीलाई नाप्यो?
६ पृथ्वीका खम्बाहरू केमा अडिएका छन्?
अथवा पृथ्वीको कुनाको ढुङ्गो कसले बसाल्यो?+
८ कसले समुद्रको ढोका थुनिदियो?+
जब समुद्र गर्भबाट उर्लेर निस्कियो,
९ जब मैले त्यसलाई बादल पहिराइदिएँ
र त्यसलाई कालो बादलले बेरिदिएँ,
१० जब मैले त्यसको सीमा तोकिदिएँ
अनि त्यसको ढोका थुनेर त्यसमा आग्लो लगाइदिएँ+
११ र त्यसलाई यसो भनेँ: ‘बस्, तँ यहीँसम्म मात्र आउन सक्छस्;
तेरा ठूलठूला छालहरू यहाँभन्दा बाहिर उर्लन पाउनेछैनन्,’ तब तिमी कहाँ थियौ?+
१२ के तिमीले कहिल्यै बिहानीको उषालाई आदेश दिएका छौ?
अथवा प्रभातलाई त्यसको ठाउँ देखाइदिएका छौ?+
१३ अथवा पृथ्वीको किनारा समातेर
दुष्टलाई झट्कारेर फ्याँक्ने हुकुम गरेका छौ?+
१४ आलो माटोमा छाप हान्दा त्यसको आकृति प्रस्ट देखिएझैँ
बिहानीको किरणसँगै पृथ्वीको आकार स्पष्ट हुन्छ
र पृथ्वीमा भएका सबै कुरा लुगाको बुट्टाझैँ स्पष्ट देखा पर्छन्।
१५ तर दुष्टको उज्यालो भने खोसिन्छ
र तिनीहरूले खराबी गर्न उठाएका पाखुरा ठनक्कै भाँचिन्छन्।
१७ के तिमीलाई मृत्युका ढोकाहरू+ कहाँ छन् भनेर थाह छ?
१८ के तिमीलाई पृथ्वी कत्तिको विशाल छ भनेर थाह छ?+
थाह छ भने मलाई भन।
अनि अन्धकार कहाँ अड्डा जमाएर बसेको छ?
२० के तिमीलाई त्यसको घर जाने बाटो थाह छ?
के तिमी त्यसको घरसम्म त्यसलाई पुऱ्याउन सक्छौ?
२१ यी कुराहरू जान्नलाई के तिमी यीभन्दा अघि नै जन्मिसकेका थियौ?
अथवा तिम्रो उमेर यिनीहरूको भन्दा धेरै छ?
२२ के तिमी हिउँको भण्डारमा पसेका छौ?+
अथवा के तिमीले असिनाको भण्डार देखेका छौ?+
२३ ती असिना र हिउँ, जसलाई मैले विपत्तिको समय
र युद्धको दिनको निम्ति साँचेर राखेको छु।+
२५ मुसलधारे वर्षाको निम्ति आकाशमा नहर खनेर
अनि मेघ गर्जने बाटो तयार पारेर+
२६ कोही नबस्ने निर्जनभूमिमा
कसले झरी बर्साएको छ?+
२७ अनि कसले उजाड पारिएका ठाउँहरूको तिर्खा मेटेर
ती ठाउँहरूमा घाँसपात उमारेको छ?+
२९ बरफले कसको कोखबाट जन्म लियो?
अनि आकाशबाट झर्ने तुसारोलाई कसले जन्मायो?+
३० कसले पानीलाई ढुङ्गाझैँ कडा बनायो?
अनि गहिरो सागरलाई बरफझैँ जमायो?+
३२ के तिमी कुनै तारामण्डललाई* त्यसको ऋतुअनुसार डोऱ्याउन सक्छौ?
अथवा आस तारामण्डललाई* त्यसका छोराहरूसँगै डोऱ्याउन सक्छौ?
३५ के तिमी बिजुलीलाई ‘गएर चम्की’ भनी हुकुम दिन सक्छौ?
अनि के त्यसले ‘हस् हजुर’ भन्दै तिम्रो कुरा खुरुखुरु मान्छ?
३७ बादल गन्न सक्ने बुद्धिमान् मानिस कोही छ?
अथवा कसले आकाशका गाग्राहरूलाई घोप्ट्याउन सक्छ?+
३८ त्यसले गर्दा धुलो हिलोको ढिको बन्छ
र माटोका ढिस्काहरू आपसमा टाँसिन्छन्।
३९ के तिमी सिंहको लागि सिकार खोज्न
वा जवान सिंहको भोक मेटाउन सक्छौ?+
४० जो आफ्नो ओडारमा लुकेर बसेका
वा गुफामा सिकार ढुकेर बसेका हुन्छन्।
४१ जब कागका बचेराहरू परमेश्वरलाई बिन्ती गरिरहेका हुन्छन्+
र चारो नपाएर रन्थनिरहेका हुन्छन्,
तब कसले कागलाई चारो जुटाइदिन्छ?